हेटौडामा फेरी थपियो निषेधाज्ञाको अवधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

निषेधाज्ञाको समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरिद गर्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केहि दिन अघिदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु