हेनुहोस् पछिल्लो हप्ता विश्व बजारमा सार्वजनिक भएका स्मार्टफोनहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

पछिल्लो हप्ता विश्व बजारमा केही नयाँ स्मार्टफोन सार्वजनिक भए । वानप्लस एट सिरिज, एमआई टेन र अन्य कम्पनीका मिडरेन्ज स्मार्टफोनको बजार चिर्न दक्षिण कोरियाली कम्पनी सामसङले एस ट्वान्टी फ्यान एडिसन ल्यायो । त्यस्तै साओमी अन्तर्गत सञ्चालन भइरहेको पोकोले गेमिङका लागि लक्षित गर्दै बजेट फोन, पोको एक्स थ्री बजारमा ल्याएको छ । मोटोरोलाले पनि यही हप्ता एन्ट्री लेभलको बजेट फोन ल्यायो । रियल्मीले पहिलो पटक नार्जो सिरिजमा तीन नयाँ स्मार्टफोनको घोषणा गर्यो । नोकियाले पनि यसै हप्ता २ वटा नयाँ बजेट फोन नोकिया २.४ र ३.४ को घोषणा गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सामसङ ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन
दक्षिण कोरियाली कम्पनी सामसङले सस्तो फ्ल्यागशिप मोडलको रुपमा सार्वजनिक गरेको ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन स्मार्टफोन यसअघिको सामसङ ग्यालेक्सी एस ट्वान्टी जस्तै देखिन्छ । छ वटा भिन्न कलरमा आएको यो स्मार्टफोनको मूल्य ६९९ अमेरिकी डलर (८२ हजार रुपैयाँभन्दा बढी) राखिएको छ । यसमा ६.५ इञ्चको डिस्प्ले राखिएको छ, जुन ग्यालेक्सी एस ट्वान्टीभन्दा सानो तथा एस ट्वान्टी प्लसभन्दा ठूलो हो । ती फोनमा जस्तै एफईमा पनि १२० हर्ज रिफ्रेश रेटसहितको स्मुथ एनिमेसन र ग्राफिक्स राखिएको छ । यसमा २५ वाट फास्ट चार्जिङ र वायरलेस चार्जिङ सहित ४५ सय एमएएचको ब्याट्री रहेको छ । वाटर रेसिस्टान्सका लागि यसमा आईपी६८ रेटिङ रहेको छ । फोनमा ६/१२८ र ८/२५६ जीबीको भेरियन्ट रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पोको एक्स थ्री
साओमी मातहतको पोको कम्पनीले एक्स सिरिजको आकर्षक स्मार्टफोन पोको एक्स थ्री सार्वजनिक गरेको छ । कम्पनीले युरोपबाट यो फोन सार्वजनिक गरेको हो । यसमा ६.६७ इन्चको फुल एचडी प्लस एलसीडी डट डिस्प्ले दिइएको छ, जसको रिफ्रेश रेट १२० हर्ज र टच स्याम्पलिङ रेट २४० हर्ज रहेको छ । यो स्मार्टफोनमा लेटेस्ट क्वालकम स्नाप ड्रागन ७३२ जी प्रोसेसरको सपोर्ट छ । पोको एक्सथ्री स्मार्टफोनमा एआई क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) छ ।
जसमा ६४ मेगापिक्सेल सोनी आईएमएक्स६८२ सेन्सर, १३ मेगापिक्सेलको वाइड एंगल लेन्स र समान दुई मेगापिक्सेल भएको डेप्थ सेन्सर र म्याक्रो लेन्स राखिएको छ । यस बाहेक यो स्मार्टफोनमा ५,१६० एमएएचको ब्याट्री रहेको छ । जुन ३३ वाट फास्ट चार्जर र ३३ वाटकै बक्स चार्जरका साथ प्राप्त हुनेछ । पोको एक्सथ्री स्मार्टफोन ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा आएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २२९ यूरो (करिब ३१ हजार आठ सय रुपैयाँ) र माथिल्लो भेरियन्टको मूल्य २६९ यूरो (करिब ३७ हजार दुई तन सय रुपैयाँ)

मोटोरोला ई सेभेन प्लस
मोटोरोला ई सेभेन प्लसमा २०:९ आस्पेक्ट रेसियो सहित ६.५ इन्चको एचडी प्लस म्याक्स भिजन एचडी डिस्प्ले रहेको छ । यो बजेट फोनमा क्वालकमको स्न्यापड्रागन ४६० प्रोसेसर छ भने एड्रेना ६१० जीपीयू रहेको छ । फोन ४ जीबी र्याम र ६४ जीबी इन्टर्रन स्टोरेजमा उपलब्ध छ । यसको पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित डुअल क्यामेरा सेटअप रहेको छ भने अगाडि ८ मेगापिक्सेलको क्यामेरा छ । यो फोनमा १० वाट फास्ट चार्जिङ सहितको ५ हजार एमएएचको ब्याट्री रहेको छ । यो फोनका मूल्य १७८ डलर अर्थात् २१,०८० रूपैयाँ तोकिएको छ ।

रियल्मी नार्जो २० सिरिज
रियल्मीले नार्जो ट्वान्टी सिरिज अन्तर्गत तीनवटा फोन ल्याएको छ । यसअन्तर्गत नार्जो ट्वान्टी ए मा क्वालकम स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ । यसमा १० वाट चार्जिङ सहितको ५ हजार एमएएचको ब्याट्री रहेको छ । यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । यसको पछाडि ट्रिपल क्यामेरा सेटअप छ । यस्तै रियल्मी नार्जो ट्वान्टी प्रोमा ६५ वाटको सुपर डार्ट चार्ज रहेको छ, जसमार्फत ३८ मिनेटमै ब्याट्री फुल चार्ज गर्न सकिन्छ । गेमिङका लागि फोकस गरिएको फोनमा मेडियाटेक हेलयो जी९५ प्रोसेसर दिइएको छ । ९० हर्ज रिफ्रेश रेट सहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । मोबाइलको फ्रन्टमा १६ मेगापिक्सेलको पन्च होल क्यामेरा रहेको छ । यसको पछाडि क्वाड क्यामेरा सेटअप छ । जसमा मुख्य क्यामेरा ४८ मेगापिक्सेलको रहेको छ । त्यस्तै रियल्मी नार्जो ट्वान्टीमा ६ हजार एमएएचको ब्याट्री रहेको छ । गेमिङका लागि हेलियो जी८५ प्रोसेसर छ भने ४८ मेगापिक्सेलको एआई प्राइभेरी क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ । यसमा १८ वाटको फास्ट चार्जिङ र रिभर्स चार्जिङ छ । यसमा पनि ११९ डिग्रीको अल्ट्रा वाइड एंगल लेन्स र एउटा म्याक्रो लेन्स रहेको छ ।

नोकिया २.४ र ३.४
नोकिया २.४ मा ६।५ इन्चको एचडी स्क्रिन रहेको छ भने मेडियाटेक पी२२ प्रोसेसर छ । यसमा ३ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको फोनको पछाडि १३ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल क्यामेरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यसमा ४५ सय एमएएचको ब्याट्री रहेको छ । अर्कोतर्फ नोकिया ३.४ मा क्वालकम स्न्यापड्रागन ४६० प्रोसेसर प्रयोग गरिएको छ । यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यो फोन ६.३९ इन्च एचडी प्लस पन्च होल डिस्प्ले छ । यसको पछाडि १३, २ र ५ मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ । साथै फ्रन्टमा ८ मेगापिक्सेल स्न्यापर छ । साथै फोनमा ४ हजार एमएएचको ब्याट्री क्षमता छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु