हेनुहोस् सेकेन्डह्याण्ड कार खोज्नेले बुझ्नैपर्ने ८ कुरा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । सानो र कम मूल्यमा भएपनि कार चढ्छु भन्ने सोच तपाईमा बन्दै गएको छ भने पुराना कार किन्नुअघि केही कुरा थाहापाउनु जरुरी हुन्छ । नेपालमा अहिले सयौ रिकन्डिसन कारको खरिद बिक्री गर्ने कम्पनीहरु खुलेका छन् । केही त आयातकर्ता कम्पनीले नै संचालन गरेका रिकन्डिसन हाउसहरु समेत उपत्यकामा पाउन सकिन्छ । सिप्रदी एस्योर्ड, हुन्डाईको एच प्रमिस, फोर्ड एस्योर्ड जस्ता आयातकर्ता कम्पनीले खोलेका रिकन्डिसन हाउस् छन् भने अन्यले खोलेका दर्जनौ रिकन्डिसन हाउस उपत्यकामा नै संचालित रहेका छन् । यस्तोमा ग्राहकले पुरानो कार खरिदगर्दा विभिन्न कुरामा ध्यान दिन आवश्यक हुन्छ । पुरानो कार किन्ने सोच बनाएकाहरुले सकेसम्म नयाँ मोडलको सेकेण्ड ह्यान्ड कार छान्नु पर्छ । यससँगै यी कुरामा ध्यान दिनु जरुरी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

-बजेटको निर्धारण
तपाईले सेकेन्ड ह्यान्ड कार छनौट गर्नु अघि आफुसँग भएको बजेटको निर्धारण गर्नु पर्छ । आफुले कति मूल्यसम्मको कार खरिद गर्न चाहेको हो, सो कुराको निर्धारण पश्चात् मात्र कार खोज्न लाग्नु उपयुक्त हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

-मोडल छनौट
बजेट एकिन भएपछि सेकेन्ड ह्यान्ड कार खरिद गर्नुपूर्व किन्न चाहेको कारको मोडले छनोट गर्नु पर्छ । इन्टरनेटको प्रयोगमार्फत आफ्नो बजेटको आधारमा खरिद गर्न चाहेको कारको विशेषता, प्रयोगबारे जानकारी लिन सकिन्छ । इन्टरनेटमा गाडीको स्पेसिफिकेशन्सको आाधारमा अन्य मोडलका कारसँग तुलनासमेत गर्न पाइन्छ ।

-सर्टिफाइड कार खोज्नुस्
सकभर सर्टिफाइट पुराना मोडलका कार खरिद गर्नु उपयुक्त हुन्छ । खरिदकर्ताले विशेषत कार कति किलोमिटर चलाइएको छ, त्यसको अनिवार्य रुपमा निरीक्षण गर्नु पर्छ । यसका साथै सर्टिफाइड मोडल खरिदगर्दा अतिरिक्त वारेन्टी मिल्नुको साथै ओरिजीनल म्यानुफ्याक्चरको वारेन्टीसमेत पाउने अवस्था छ वा छैन बुझनु पर्छ ।

-गाडीको निरिक्षण स्वयंम गर्ने
कम्पनी वा डिलरको अलवा व्यक्तिबाट गाडी खरिद गर्न चाहनेहरुले मेकानिक वा स्वयंमले गाडीको निरिक्षण गर्नुपर्छ । विशेषत इन्जिनको स्थिति कारको बढि लाइन, टायरको अवस्था, ब्याट्रीको अवस्थाबारे चेकजाँच गर्नुपर्छ ।

-टेस्ट ड्राइभ
कारको अवस्थाबारे बुझ्नको लागि कारको टेस्ट ड्राइभ अनिर्वाय गर्नुपर्छ ।

-पेपर वर्क
कहिले काही आकर्षक मूल्यमा चोरी भएको कार बेचिएको हुन सक्छ । त्यसैले, सेडेण्ड ह्यान्ड कार खरिद गर्नु पूर्व पेपर डिल गर्नुपर्छ । पेपरवर्क जाँच गर्नको लागि रजिष्ट्रेशन बुक, बील अन्य काजपत्र हेर्नु पर्छ ।

-नामसारी गर्ने
कार खरिद पश्चात कार आफ्नो नाममा नामसारी गरिहाल्नु पर्छ । यसको लागि आफैँ यातायात ब्यवस्था विभागमा उपस्थित भएर आवश्यक सबै प्रक्रिया पुरा गर्नु पर्छ ।

-आफ्नो नाममा इन्स्योरेन्स गर्ने
सवारीसाधनको नामसारी पछि आफ्नो नाममा इन्स्योरेन्स पोलेसी किन्नु पर्छ । फस्ट ड्राइभ गर्नु पहिला कारको पूर्ण सर्भिसिङ गर्नु पर्छ । कारको इन्टिरियर तथा एक्सटीयर पूर्णरुपम सफा गर्नु पर्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु