हेर्नुहोस स्मार्टफोनमा कसरी प्रयोग गर्ने फिङ्गरप्रिन्ट स्क्यानर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

स्मार्टफोनमा अनलक गर्न फिङ्गरप्रिन्ट एकदमै सजिलो र छिटो तरिका हो । तर फिङ्गरप्रिन्ट रिडर त्यति धेरै विश्वसनीय पनि हुँदैन । अनलक हुने जति समयको बाचा कम्पनीहरुले गर्छन्, त्यो भन्दा धेरै समय लागिरहेको हुन्छ । कहिलेकाहिँ धेरैपटक प्रयास गर्दा पनि यसले राम्रोसँग काम गर्न सक्दैन । यसपछाडिका कारण धेरै छन् । मुख्य समस्या भनेको तपाईंको फिङ्गरप्रिन्टमै हुन्छ । जब तपाईं हात धेरै प्रयोग गर्नुहुन्छ, तब औंलाका धर्साहरु मेटिने र लगातार परिवर्तन भइरहने गर्छन् । यसको अर्थ कुनै अपराध गर्दा फ्रिङ्गरप्रिन्ट स्क्यानिङबाट तपाईं बच्नुहुन्छ भन्ने होइन । तर डिभाइसमा फिङ्गरप्रिन्ट स्क्यान गर्दा भने यसले समस्या पैदा गराउन सक्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यदि घरभन्दा बाहिरको अप्ठ्यारा कामहरु गर्नुहुन्छ, जसले गर्दा तपाईंको हातमा घर्षण पैदा हुन्छ भने तपाईंले यो समस्या भोगेको हुनुपर्छ । तर फिङ्गरप्रिन्टको फाइदा उठाउन केही उपायहरु तपाईंले अपनाउनु भयो भने फोनलाई सजिलै अनलक गर्न सक्नुहुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१. बीचको औंला प्रयोग गर्नुहोस्
फिङ्गरप्रिन्ट सेट गर्दा सधै आफ्नो हातको बीच औंला प्रयोग गर्नुहोस् । यसमा बानी बसाल्न थोरै समय लाग्न सक्छ तर अन्य औंलाहरुको तुलनामा यसलाई क्षति पुग्ने सम्भावना एकदमै कम हुन्छ ।

२. औंलाको साइड प्रयोग गर्नुहोस्
फ्रिङ्गरप्रिन्ट सेट गर्दा कहिल्यै पनि औंलाको टुप्पो प्रयोग नगर्नुहोस् । सकेसम्म औंलाको साइड प्रयोग गर्नुहोस्, विशेषगरी औंठा वा थम्प । साइड माउन्टेड फिङ्गरप्रिन्ट रिडर भएका फोनमा यसले एकदमै राम्रोसँग काम गर्दछ ।

३. फिङ्गरप्रिन्ट रिसेट गरिरहनुहोस्
यो समस्यालाई समाधान गर्ने उपाय भनेको आफूले फिङ्गरप्रिन्ट सेट गरेको हातको औंलाबाटै समय समयमा पटक पटक फिङ्गरप्रिन्ट रिसेट गरिरहनुहोस् । ताकि तपाईंको डिभाइसको फिङ्गरप्रिन्ट स्क्यानरले औंलाको सबै अवस्थालाई पहिचान गरेर काम गर्न सकोस् । आफ्नो डिभाइसको फिङ्गरप्रिन्ट सेन्सरले काम नगर्नेहरुका लागि यो उपाय एकदमै उपयोगी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु