हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम राइस र एक बेलायती वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । सोमबार स्टकहोल्ममा नोबेल कमिटीका प्रमुख थोमस पर्लमनले नोबेल पुरस्कारका विजेताको घोषणा गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर हेपाटाइटिसका ७ करोडभन्दा धेरै संक्रमित छन् भने एक वर्षमा यसको कारण विश्वभर चार लाख मानिसको मृत्यु हुने गरेको छ । यो प्राणघातक रोग लागेपछि मानिसको कलेजो सुन्निने र क्यान्सर हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व प्रतिष्ठित नोबेल पुरस्कारको राशी एक करोड स्विडिस क्रोनर अर्थात् करिब ११ लाख १८ हजार डलर हुन्छ । यस वर्ष विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको अवस्थामा शरीर विज्ञान वा चिकित्सातर्फको नोबेल पुरस्कारलाई निकै चासो दिइएको थियो । विभिन्न ६ विधामा दिइने पुरस्कारमध्ये यो पहिलो पुरस्कार हो । यो पुरस्कार वार्षिकरुपमा शरीर विज्ञान वा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थतन्त्रको क्षेत्रमा असाधारण काम गर्ने मानिसलाई प्रदान गरिँदै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु