आईफोन ट्वेल्भ आधिकारिक रुपमा सार्वजनिक भइसकेको छ । यदि तपाईं आईफोन ट्वेल्भ वा यससँगै सार्वजनिक भएका मोडलहरु खरिद गर्ने विचार गर्दै हुनुहुन्छ भने यी कारण थाहा पाएपछि आईफोन ट्वेल्भलाई छोडेर २०१९ मा सार्वजनिक भएको अघिल्लो मोडल आईफोन इलाभेन नै रोज्न सक्नु हुनेछ । तर आईफोन ट्वेल्भ प्रो र ट्वेल्भ प्रो म्याक्सको आगमनसँगै आईफोन इलाभेन प्रो र इलाभेन प्रो म्याक्सको बिक्री वितरण भने हालका लागि रोकिएको छ । आईफोनको यी दुई सिरिजमा भने पछिल्लो १२ लाई ११ ले मात दिएको छ । जसका पछाडि केही कारण छन् जसलाई हामीले तल उल्लेख गरेका छौं ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पैसा बचत
आईफोन ११ लाई रोज्नुको सबैभन्दा मुख्य कारण भनेको यसको मूल्य हो, जुन १२ भन्दा सस्तो छ । अझ आईफोन १२ को आगमनपछि आइफोन ११ को मूल्य निकै सस्तिएको छ । ६४ जीबी इन्टर्नल स्टोरेज सहितको बेस मोडलको मूल्य अहिले ५९९ डलर रहेको छ । यो आईफोन १२ भन्दा २०० डलरले सस्तो छ । साथै यो डिङ्की न्यू आईफोन ट्वेल्भ मिनीभन्दा पनि सस्तो रहेको छ । यदि तपाईलाई धेरै स्टोरेज चाहिएको छ भने आइफोन इलाभेनले दुवै स्टोरेज भेरियन्ट १२८ जीबी र २५६ जीबीको मूल्य सस्तो बनाएको छ ।



JUNGLE






from the
city



पुरानो डिजाइन
आईफोन ट्वेल्भको डिजाइनको कुरा गर्दा १० वर्षअघि २०१० मा सार्वजनिक भएको आईफोन फोरभन्दा यसको लुक्स फरक छैन । यसमा एप्पलले गरेको सुधार भनेको स्प्लेन्डर बेजल र सुपर टफ ‘सेरामिक सिल्ड’ ग्लास मात्र हुन् । यो मोडलको फ्ल्याट साइड र एगुंलर एजले यसलाई निकै भद्दा बनाएको छ, जसले गर्दा लामो समयसम्म यसलाई हातमा बोकिरहनु झन्झटिलो लाग्न सक्छ ।
फाइभजीको झुठ १
यसमा फाइभजी भएको भनिए पनि यो फोनले फाइभजी रिसेप्सन नपाएको खबरहरु केही अन्तराष्ट्रिय मिडियाहरुमा आइरहेका छन् । यसैकारण यसको फाइभजी क्षमता अझै पनि संशयपूर्ण नै छ । फाइभजीकै लागि आईफोन ट्वेल्भ खरिद गर्नेहरुलाई यो फोन खरिद नगर्न जानकारहरु सल्लाह दिन्छन् । तर कम्पनीले पहिलो फाइभजी फोनको रूपमा आईफोन ट्वेल्भलाई प्रस्तुत गरेको छ । नेपाल जस्तो मुलुकमा फोरजी पनि राम्रोसँग विस्तार नभइसकेको स्थितिमा फाइभजीकै लागि आईफोन ट्वेल्भ खरिद गर्नु अर्को ठूलो मूर्खता हुनेछ ।
अपडेट
आईफोन इलाभेनमा फाइभजी छैन भन्दैमा यो आउटडेटेड फोन होइन । यदि तपाई एन्ड्रोइड अपडेट प्रयोग गर्नुहुन्छ भने एप्पलको वार्षिक आईओएस अपडेटको फाइदा बारे थाहा पाउँदा तपाईलाई खुशी लाग्न सक्छ । आईओएसको अपडेटमा प्रत्येक कम्प्याटिबल डिभाइसहरु अपडेट हुन्छन् । एप्पलको पछिल्लो आईओएस १४ मा भएको अपडेटले २०१५ को आईफोन सिक्स एस लगायत धेरै फोनहरुलाई सपोर्ट गरेको थियो । आईओएस अपडेटहरु अझै आउन बाँकी भएको कारण आईफोन इलाभने अझै धेरै वर्ष पुरानो हुनै कुनै सम्भावना नै छैन । अपडेटपछि यो फोनमा समेत नयाँ थप फिचरहरु आउने छन् ।
आईफोन ट्वेल्भ आईफोन इलाभेनभन्दा राम्रो
तर आईफोनको नयाँ डिभाइस अर्थहिन भने छैन । हो यो आईफोन इलाभेनभन्दा राम्रो छ । यसको क्यामेरा, पावर, इफिसियन्सी र टिकाउ सबै कुरामा यो एकदमै राम्रो छ । यसमा धेरै शक्ति, ग्राफिक्स पर्फमेन्स र पिक्सेल छन् । यसले म्यागसेफ र फाइभजीलाई सपोर्ट गर्दछ । यो भिडियो रेकर्डिङ र नाइट मोड पनि सुधारिएर आएको छ । स्मार्टफोनबाट राम्रो अनुभव लिन चाहनेहरुका लागि आईफोन इलाभेन पर्याप्त छ । यद्यपि आईफोन ट्वेल्भले अझै राम्रो अनुभव प्रदान गर्नसक्छ ।