२०७७ फागुन २४ गते, सोमवार, ८ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, दशमी तिथि (१७ः४४ बजेपछि एकादशी), पूर्वाषाढा नक्षत्र, चन्द्रराशि– धनु। उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।



JUNGLE






from the
city



वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। अर्थ अभावले सताउनेछ भने चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। प्रतीक्षित नतिजा बिग्रनाले निराशा छाउनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। सञ्चित रकम अरूका लागि खर्चनुपर्ला।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। मनग्य आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। महत्त्वा कांक्षी योजना कार्यान्वयनमा ल्याउन आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीहरूले व्यवसायमा मनग्य लाभ दिलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।