२०७७ माघ ४ गते, आइतवार, १७ जनवरी २०२१। पौष शुक्लपक्ष, चतुर्थी तिथि (९:२१ बजेदेखि पञ्चमी)। शतभिषा नक्षत्र (७:४३ बजेदेखि पूर्वभाद्रपदा)। चन्द्रराशि– कुम्भ। उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मेष – TAURUS
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।



JUNGLE






from the
city



वृष – GEMINI
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले भविष्यको बाटो समाउनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। मिहिनेतले सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अप्ठ्यारो परिस्थितिमा पनि अवसर आउनेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काममा समस्या आउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। चिताएका काममा बाधा पुग्न सक्छ। जीवनशैलीमा सुधार ल्याउन आवश्यक देखिन्छ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्नेछ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी राम्रो भए पनि अरूका लागि खर्च बढ्न सक्छ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो काममा जग बसाउने मौका छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ भने मिहिनेतको प्रतिफल न्यून पाइनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ, वादविवादमा अघि नसर्नुहोला। साझेदारीमा मतभेद देखा पर्नाले समस्या आउन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोग जुट्नेछ। योजना गोप्य रहँदा फाइदा हुनेछ।
धनु – SAGITTARTIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।