हेर्नुहोस् कति फरक छ पुरानो र नयाँ क्रेटा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

हुन्डाईले नयाँ जेनेरेशन क्रेटा हिजो सोमबारबाट नेपालमा बिक्री सुरु गरेको छ । पहिलो जेनेरेशन मोडलको सफलता पछि कम्पनीले नयाँ जेनेरेशन क्रेटा नेपाल ल्याएको हो । सन् २०१६ मा पहिलो जेनेरेशन क्रेटा नेपाल ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सेकेन्ड जेनेरेशन क्रेटा ल्याएको हो । एक महिनापछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं र त्यसपछि आउने पर्वहरु तिहार, छठ, नेपालसम्बतलाई मध्यनजर गर्दै कम्पनीले नयाँ जेनेरेशन क्रेटा सार्वजनिक गरेको हो । यस्तोमा कम्पनीले ल्याएको नयाँ जेनेरेशन मोडल पुरानोको तुलनामा कति फरक छ भन्ने विषयमा हामीले जानकारी दिन लागेका हौं । नयाँ जेनेरेशन क्रेटामा इन्जिन, साइज, ग्रिल, डिजाइन र इन्टेरियरमा पूर्ण परिमार्जन गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साइज
सबैभन्दा पहिला कुरा गरौ साइजको । पुरानो क्रेटाको तुलनामा नयाँ क्रेटा ३० एमएम लामो रहेको छ । १० एमएम चौडाई बढी रहेको क्रेटाको उचाई भने ३० एमएमले घटाइएको छ । कम्पनीले यसको ह्वील वेस पहिलेभन्दा २० एमएमले बढाइएको छ । जसले पहिलेको तुलनामा नयाँ क्रेटा बढी स्टेवल रहने छ । यसमा ३३ लिटरले बढी बुटस्पेश ग्राहकले पाउने छन् । समग्रमा पहिलेको तुलनामा नयाँ क्रेटा स्पेशको हिसावले उत्कृष्ट रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एक्सटेरियर
कन्भेन्सनल डिजाइनमा तयार भएको पुरानो क्रेटाको तुलनामा नयाँ क्रेटा थप स्पोर्टी डिजाइनमा आएको छ । नयाँ क्रेटाको अगाडिको ग्रिल पहिलेको तुलनामा निकै आकर्षक रहेको छ । ठूलो क्यासकेडिङ ग्रिल दिइएको नयाँ क्रेटामा थ्रि सेप्ड थ्रि पार्टस एलइडी डिआरएलएस दिइएको छ । पुरानो क्रेटामा अपस्वीप्ट हेडल्याम्प दिइएको थियो । साइडको कुरा गर्दा दुबैमा समान डिजाइन दिइएको छ । यद्यपी नयाँ क्रेटामा दिइएको फ्लार्ड ह्वील आर्कले यसलाई थप मस्कुलर बनाएको छ । अगाडि र पछाडि दुबै साइड हेर्दा पुरानोको तुलनामा नयाँ क्रेटा आकर्षक देखिन्छ । पुरानो क्रेटामा रेगुलर सनरुफ दिइएको थियो भने नयाँ क्रेटामा पानारोमिक सनरुफ दिइएको छ । पुरानो क्रेटामा रहेको प्रोजेक्टर हेलोजिन हेडलाइटलाई नयाँ क्रेटामा एलइडी लाइटले रिप्लेस गरेको छ । फगल्याम्प भने नयाँ क्रेटामा पनि हेलोजिन नै प्रयोग गरिएको छ ।

इन्टेरियर
पुरानो क्रेटाको क्याविनको तुलनामा नयाँ क्रेटाको क्याविन आकर्षक रहेको छ । पुरानो क्रेटामा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको थियो । तर, नयाँ क्रेटामा १०।२५ इन्च इन्फोटेन्टमेन्ट दिइएको छ । नयाँ क्रेटामा रिडिजाइन एसी भेन्टहरु दिइएको छ, यसमा एल्मुनियम क्रोम फिनिस दिइएको छ । साथै, नयाँ क्रेटामा फ्ल्याट बटम स्टेरिङ ह्वील दिएको छ ।
पुरानो क्रेटामा कन्भेन्सनल एनालग इन्ट्रुमेन्ट क्लष्टर दिइएको थियो भने नयाँ क्रेटामा ७ इन्चको कलर स्कृनको साथमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । यसमा चालकको सुविधा अनुसार ८ वे इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । पुरानो क्रेटामा ६ वे एड्जस्टेवल सिट दिइएको थियो । नयाँ क्रेटामा मल्टीपल ड्राइभिङ मोड उपलब्ध रहेको छ ।
अटो एयर प्यूरिफायर, ट्रायाक्सन कन्ट्रोल, प्याडल सिफ्टर, टायर प्रेसर मोनिटर, एम्बीयन्ट लाइट, प्याडल ल्याम्पको साथ आउट साइड रियर भ्यू मिरर, पछाडिको सिटमा हेड रेष्ट जस्ता विशेषता दिइएको छ ।

इन्जिन
पुरानो क्रेटामा पेट्रोल इन्जिनमा एउटा मात्रै अप्सन उपलब्ध रहेको थियो । नयाँ क्रेटामा दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । पुरानो क्रेटामा रहेको १।६ लिटर इन्जिनले १२३ पीएस पावर र १५१ एनएम टर्क प्रदान गथ्र्यो । तर, नयाँ क्रेटामा १।५ लिटर इन्जिन दिइएको छ । उक्त इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ । नयाँ क्रेटामा दिइएको १।४ लिटर टर्बो इन्जिन भने निकै शक्तिशाली रहेको छ । यो इन्जिनले अधिकतम १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्ने छ । नयाँ क्रेटामा ६ स्पीड म्यानुयल र सिभिटी गियरबक्स उपलब्ध रहेको छ भने टर्बो इन्जिनमा ७ स्पीड डिसिटी गियरबक्स दिइएको छ । माइलेज नयाँ क्रेटाले केही बढी दिने कम्पनीको दाबी छ । पुरानो क्रेटामा १।४ र १।६ लिटर डिजेल इन्जिन दिइएको थियो । यस इन्जिनले क्रमश ९० पीएस र १२८ पीएस पावर प्रदान गथ्र्यो । तर, नयाँ क्रेटामा १।५ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यी सबै इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ ।

सुरक्षा फिचर
दुबै क्रेटामा स्टायडर्ड भेरियन्टमा २ वटा एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, अगाडिको सिटमा बस्नेलाई सिट बेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहेको छ । टप भेरियन्टमा कटन साइडमा एयरव्याग, ट्रायाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल लञ्च एसिस्ट र आईएसओफिक्स चाइल्ड सिट जस्ता फिचर दिइएको छ । नयाँ क्रेटामा अटो होल्डसहितको इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र टप भेरियन्टमा कन्भेन्सनल म्यानुयल पुल टाइप ह्याण्ड ब्रेक प्रयोग गरिएको छ ।

मूल्य
कम्पनीले क्रेटाको सुरुवाती मूल्य भने एउटै राखेको छ । यसअघि पनि क्रेटाको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ नै रहेको थियो । तर, यसअघि ६१ लाख ९६ हजारमा टप भेरियन्ट एसएक्स सिभिटी उपलब्ध रहेकोमा अहिले नयाँ जेनेरेशन सिभिटीको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ल्याएको नयाँ क्रेटाको डिजल इन्जिन युक्त नयाँ जेनेरेशन क्रेटा इ भेरियन्टको मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरि कम्पनीले पेट्रोल इन्जिनमा सुरुवाती भेरियन्ट इएक्स ल्याएको छ । यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । त्यस्तै क्रेटा एस भेरियन्टको मूल्य ५२ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु