हेर्नुहोस् नेपालमा असफल भएका तीन डर्ट बाइक

यूएम डिएसआर २००

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

सामान राम्रो र अन्तर्राष्ट्रिय ब्राण्ड हुँदैमा त्यसले बजार पाउनु पर्छ वा पाउँछ भन्ने हुँदैन । चाहे त्यो कपाडा होस्, खाना होस् वा बहुमूल्य सामान । त्यस्तै भएको छ केही मोटरसाइकल कम्पनीलाई । नेपाली बजार डर्ट वाइकको क्रेज बढिरहेको समयमा आएका विभिन्न कम्पनीले आफ्ना पछिल्ला उत्पादन बजारमा ल्याएका न् । यस्तोमा अमेरिकी र इटलीयन ब्राण्डका मोटरसाइकल नेपालमा असफल भउका छन् । यसरी उत्कृष्ट उत्पादनको रुपमा नेपाल आएर नामसमेत बनाएका तर, बिक्रीको हिसावले अत्यन्त कमजोर रहेका डर्ट वाइक यस्ता रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रनर २०० हक
बंग्लादेशी मोटर कम्पनी रनर ब्राण्डका मोटरसाइकल नेपाली बजारमा भित्रिएको लामो समय भइसकेको छ । सस्तो मूल्य रहेको रनर ब्राण्डका मोटरसाइकल नेपाली बजारमा सफल हुन भने सकेका छैनन् । नेपाली सडक सुहाउँदो र सस्तो मूल्यका कारण चर्चा कमाएका यी मोटरसाइकल बिक्रीमा भने कमजोर रहेका छन्, भनौं असफल साबित भएको छन् । रनर हकमा उपलब्ध फोर स्ट्रोक पेट्रोल इन्जिनले ७५०० आरपीएममा १४।२ बीएच पावर र ५५०० आरपीएममा १४।५ एनएमको टर्क उत्पादन गर्छ । रनर हकको लम्बाई २ हजार ९० एमएम, चौडाई ८ सय ८० एमएम र उचाई १ हजार १८० एमएम रहेको छ । यसमा १ हजार ३६० एमएमको ह्वीलवेश दिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उच्च ग्राउण्ड क्लियरेन्स भएको हक मोटरसाइकलमा पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने विशेषता रहेको छ । यो वाइकको फ्रन्टमा गोल्डन करल यूएसडी फर्क तथा रियरमा मोनोसक रहेको छ । १३२ किलोग्रामको यो मोटरसाइकलको फ्रन्ट तथा रियर दुबैमा डिस्क ब्रेक लगाइएको छ । ३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकलले बजार भने पाउन सकेको छैन ।

यूएम डिएसआर २००
अमेरिकी मोटरसाइकल कम्पनी यूएम ब्राण्डका मोटरसाइकल नेपाली बजारमा बिक्री भैरहेको छ । यूएम डीएसआर २००, २३० र २५० गरि तीन मोडलमा नेपाली बजारमा उपलब्ध रहेको छ । ग्राहकलाई यति धेरै अप्सन र कम मूल्यका बाबजुद नेपाली बजारमा यी वाइक सफल हुन सकेका छैनन् । बजारमा निकै चर्चामा रहेतापनि यूएम असफल ब्राण्ड भएको छ । यूएम डीएसआर २०० मा १९६ सीसी इन्जिन रहेको छ । यो इन्जिनले १४ पीएस पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । फ्रन्टमा टेलिस्कोप हाइड्रोलिक फर्क र रियरमा हाइड्रोलिक मनोशक रहेको यो मोटसाइकलले २० किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्छ । नेपाली बजारमा ४ लाख मूल्य रहेको यो मोटरसाइकल समेत असफल भएको छ ।

एसडब्ल्यूएम ३०० आर
इटालियन एसडब्ल्यूएम ब्राण्डको मोटरसाइकल नेपाली बजारमा असफल भएको छ । गत बर्ष नाडा अटो शेमा सार्वजनिक भएको यो ब्राण्ड महंगो मूल्यका कारण चर्चामा रहेको थियो । नेपालमा अर्थमुभरले बिक्री वितरण गर्दै आएको इटालियन ब्रान्डको एसआर ३०० आर मोटरसाइकल असफल भएको छ । यो मोटरसाइकलमा २९७।६ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डिओएचसी ४ भल्भ, ४ स्टोक इन्जिन रहेको डर्ट मोटसाइकल निकै पावरफुल र स्टाइलिस वाइकको रुपमा परिचित छ । यसको ग्राउन्ड क्लियरेन्स ३०० एमएम रहेको छ । ७।२ लिटरको इन्धन ट्याङक लगाइएको यो वाइकको तौल १०७ केजी रहेको छ भने मूल्य १६ लाख रुपैयाँ तोकिएको छ । यी विभिन्न विशेषताका वावजुत समेत यो मोटरसाइकल असफल मोटरसाइकलको लिस्टमा परेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु