हेर्नुहोस् ब्लड प्रेसर लो भएका बिरामीले खानुपर्छ कस्ता खानेकुराहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

अस्तव्यस्त जीवनशैली तथा खानपानमा ध्यान नदिँदा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । ब्लड प्रेसर लो पनि स्वास्थ्यको अनगिन्ति समस्यामध्ये एक हो । ब्लड प्रेसर लो बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सकिन्छ । सामन्य रक्तचाप १२०/८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने,लो ब्लड प्रेसर भएर्को मानिन्छ । सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१. पात भएको सागसब्जीः पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।
२. डार्क चक्लेटः डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।
३. बदामः बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।
४. बोसोरहित मासुः यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।
५. रसिलो पोषिलो झोल पदार्थ स् टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।
६. फलफूलः यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।
७. कालो खाद्य पदार्थः कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।
८. अमिलो खाद्य पदार्थः गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।
९. गहुँस् मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।
१०. लसुनः लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।
११. कफीः ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधैँ प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।
१२. नुनपानी खानेः नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु