हेर्नुहोस् यस्ता छन् मोटरसाइकल चालकले विशेष ध्यान दिनुपर्ने कुराहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

नेपालमा सर्वाधिक बिक्री हुने सवारी साधन मोटरसाइकल हो । दुई पाङ्ग्रे सवारी साधनको कुल बिक्रीमा मोटरसाइकलको हिस्सा ७० प्रतिशत रहेको छ । वार्षिक करिब ३ लाख दुई पाङ्ग्रे सवारी साधन नेपालमा बिक्री हुने गरेको छ । अहिले करिब ४० लाख मोटरसाइकल नेपालमा दर्ता भएको तथ्यांक पाउन सकिन्छ । यस्तोमा मोटरसाइकल चलाउने चालकले त्यसको पाटर्सका विषयमा जानकारी राख्नु पर्छ । विशेषत मोटरसाइकलमा रहेका ब्रेक, क्लच, चेन स्पोर्केट, टायर लगायतका पार्टस्मा विशेष ध्यान दिन जरुरी हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ब्रेकिङ सिस्टम
ब्रेक मोटरसाइकलमा हुने सबैभन्दा महत्वपूर्ण पार्टस् हो । यसको सहयोगले नै चालकलाई सकुसल आफ्नो गन्तव्यमा पुग्न सहयोग गर्छ । अहिले बजारमा उपलब्ध मोटरसाइकलमा ड्रम र डिस्क ब्रेक प्रयोग भएको पाइन्छ । ब्रेकलाई सहयोग पुर्याउन धेरै मोटरसाइकलमा सिबीए र एबीएस जस्ता फिचरहरु आउन थालेका छन् । त्यसैले चालकले आफ्नो मोटरसाइकलको ब्रेक समय समयमा आफैले पनि परिक्षण गर्ने राम्रो हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

चेन
दुई वटा स्पोर्केटलाई जोडेर इन्जिन घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको महत्वपूर्ण पार्टस् हो । यसको प्रयोग बीना मोटरसाइकल चल्न सक्दैन । कहिले काहि गुड्दा गुड्दै चेन खस्ने समस्या आएर मोटरसाइकल दुर्घटनामा पर्न सक्छ । त्यसैले बेला बेलामा मोटरसाइकलको चेन परिक्षण गर्ने गर्नु पर्छ । यसरी परिक्षण गर्दा बीच बाटोमा पाउन सकिने सम्भावित दुःखबाट बच्न सकिन्छ ।

टायर
बाहिरी आँखाले टायरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । लामो यात्रामा निस्कीएको समयमा टायर निरिक्षण गरेर हिड्ने गर्नु पर्छ । विशेषत नेपालको बाटो खराब हुने भएकोले टायरको ग्रिपमा विशेष ध्यान दिनु पर्छ । यदि टायरमा राम्रो ग्रिप छैन भने त्यसलाई तत्कालै परिवर्तन गर्नु पर्छ । यस्तै एयर प्रेसर पनि समय सयममा चेक गर्नु पर्छ ।

इन्धन र मोविल
मोटरसाइकल चल्न प्रयोग हुने इन्धन गुणस्तरिय हुनु पर्छ । तर, नेपालमा इन्धनको गुणस्तर मापन गर्ने संयन्त्रनै छैन । त्यसैले पेट्रोल हाल्दा निकै सजकता अपनाउनु पर्ने हुन्छ । साथै, मोटरसाइकलको मोविलको अवस्था बेलाबखतामा हेर्ने गर्नु पर्छ । यदि मोविल सुकेको वा त्यसमा हुने चिल्लो पदार्थ हराएको अवस्थामा इन्जिन नै सिज हुन सक्ने खतरा रहन्छ । त्यसैले मोविलको परिक्षण निकै आवश्यक हुन्छ ।

व्याट्री
व्याट्री अन्य पार्टस जस्तै नियमित परिक्षण गर्नु नपर्ने भएपनि यसलाई कम्तीमा महिनामा एक पटक परिक्षण गर्नु पर्छ । व्याट्रीको सहयोग ले नै मोटरसाइकलको कन्सोलले काम गर्ने, इलेक्ट्रीक स्टार्ट गर्ने जस्ता काम गर्ने हुँदा व्याट्रीलाई दुरुस्त राख्नु पर्ने हुन्छ । यसका अलावा मोटरसाइकलमा कल्च, डिस्क प्याड, हेल लाइट, थ्रोटल जस्ता पार्टस आफैले बेला बेला चेक गर्न सकिन्छ भने आवश्यक परेमा चाडै वर्कशपमा लगेर मर्मत गनु पर्ने हुन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु