हेर्नुहोस् यस्ता छन् सामाजिक सञ्जालमा फोटो राख्दा गर्न नहुने गल्तीहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अहिलेको समयमा सामाजिक सञ्जालमा फोटो राख्न प्रायः सबै प्रयोगकर्ताको सौखको विषय हो । केही यस्ता प्रयोगकर्ता हुन्छन्, जसलाई केही कुरा लेख्नुभन्दा फोटो अपलोड गर्नु बढी रुचिकर लाग्छ । अर्को सत्यता के पनि हो भने सामाजिक सञ्जालमा केही कुरा लेख्नुको तुलनामा फोटो राख्दा बढी लाइक र कमेन्ट आउँछ । तर एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा छ कि कयौं पटक सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा उनीहरुले जानअञ्जानमा ठूलो गल्ती गरिरहेका हुन्छन् । जसका कारण कतिपय समय पछुताउनुपर्ने हुन्छ । आज हामी तपाईंलाई सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा हुनसक्ने गल्तीको बारेमा बताउँदै छौं ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फोटो शेयर गर्दा के गर्ने वा नगर्ने ?
फोटो अपलोड गर्दा हरेक समय यो कुराको ख्याल राख्नुहोस् कि फोटोमा तपाईंको साथमा को छ रु तपाईंले सामाजिक सञ्जालमा राख्ने फोटोमा मानिसहरुले तपाईंमाथि मात्र नभएर तपाईंको फोटोको ब्याकग्राउण्ड र आसपासका मानिसहरमा पनि नजर राखिरहेका हुन्छन् । कतिपय समय तपाईंले आफ्नो खानपिनका वस्तुहरुको फोटो पनि सामाजिक सञ्जालमा पोस्ट गरिरहनु भएको हुन्छ । त्यसो त यस्ता फोटोबाट कुनै खतरा हुँदैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर यस्ता फोटोले तपाईंको जीवनशैलीको राज भने खुलाइरहेको हुन्छ । खाना र त्यसमा भएको मसलाको तस्वीरबाट तपाईंको डायटिङको बारेमा थाहा हुनसक्छ । खाने कुरासँगै छेउमा रहेको रक्सीको बोत्तलबाट तपाईंको संगतको समेत राज खुल्छ । कतिपय समय तपाईं आफ्नो अफिसमा कुनै बहाना बनाएर विदा लिनुहुन्छ । यस्तोमा तपाईंले सामाजिक सञ्जालमा कुनै फोटो पोस्ट गर्नु भयो भने तपाईंको लोकेसन खुल्न सक्छ । यस विषयमा समेत ध्यान राख्नुहोस् ।

यसैगरी तपाईंले आफ्ना परिवार र आफन्तजनसँगको फोटो समेत सामाजिक सञ्जालमा शेयर गरिरहनु भएको हुन्छ । यस्तोमा गलत प्रवृत्ति भएका मानिसहरुले तपाईंको त्यस किसिमको जानकारीबाट अफ्ट्यारोमा पार्न समेत सक्छन् । त्यसैले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा ककसले देख्न सक्ने भन्ने कुरा समेत ख्याल गर्नुहोस् । अनेक प्रकारका सामाजिक सञ्जाल एपले तपाईंका हरेक फोटोबाट ईएसआईएफ मेटाडेटा संकलन गरिरहेका हुन्छन् । यसको अर्थ तपाईंले अपलोड गर्ने हरेक फोटोबाट तपाईंको लोकेसन र समय थाहा हुन्छ । जसलाई एपले गलत रुपमा प्रयोग गर्न समेत सक्छ ।

तपाईं आफ्नो फोटो अपलोड गर्दा त्यससँगै कयौं महत्वपूर्ण डेटा समेत शेयर गरिरहनु भएको हुन्छ । तपाईंको फोनदेखि लोकेसनसम्म शेयर भइरहेको हुन्छ । त्यसैले फोटो शेयर गर्नु अघि आफ्नो सामाजिक सञ्जालको अकाउन्ट प्राइभेसी सेटिङलाई अवश्य बलियो राख्नुहोस् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु