हेर्नुहोस् विश्वका शक्तिशाली ८ सुपर कम्प्युटर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

गत जून महिनामा जापानी सुपरकम्प्युटर फुगाकुले आफ्ना सबै प्रतिस्पर्धीहरुलाई एकाएक पछि पार्दै विश्वकै शक्तिशाली सुपर कम्प्युटर बन्न सफल भयो । विश्वको शक्तिशाली कम्प्युटेसनल मसिनको अर्ध वार्षिक र्याङ्किङमा यो कम्प्युटर अग्रस्थानमा आयो । रिसर्च प्रोजेक्ट टप फाइभ हन्ड्रेड अन्तर्गत सार्वजनिक भएको फुगाकुलाई फुजित्सु कम्पनीले फेडेरल रिकेन रिसर्च ल्याबसँगको सहकार्यमा बनाएको हो । फुगाकुले अमेरिकामा आधारित सुपर कम्प्युटर सम्मेलनको सूचीमा रहेका अन्य कम्प्युटरको तुलनामा एक सेकेण्डमै तीन गुणा ज्यादा काम गर्दछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फुगाकुले प्रति सेकेण्ड कम्प्युटेसनको मामिलामा मात्र र्याङ्किङमा अग्रस्थान हासिल गरेको होइन । सुपर कम्प्युटर मूल्याङ्क हुने अन्य ४ मापदण्डमा पनि यो कम्प्युटर अगाडि आएको थियो । रिकेन ल्याबका अनुसार हालसम्म यो स्थानसम्म कुनै पनि कम्प्युटर पुग्न सकेको थिएन । अग्रपंक्तिका सबै कम्प्युटरहरुको कोर फुगाकुमा छ भने कम्प्युटेसनका लागि थेयोरेटिकल पिक पर्फमेन्स र पावर क्यापासिटी सबैभन्दा उच्च छन् । सुपर कम्प्युटरहरु जटिल स्टिमुलेसन सञ्चालन गर्न प्रयोग हुन्छन्, जसमा ठूलो संख्यामा भेरिएबलहरु समावेश भएका हुन्छन् । यसका सामान्य प्रयोगमा आर्थिक तथा मौसमी मोडलिङ, स्नायुप्रणालीको अनुसन्धान र परमाणु विज्ञानहरु पर्दछन् । फुगाकुको मामिलामा भने यो कोरोना भाइरस अनुसन्धानका लागि प्रयोग भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विश्वका आठ शक्तिशाली सुपर कम्प्युटरको सूचीमा डेल र एनभिदियाको एकएकवटा र आईबीएम मसिनको दुईवटा पर्दछन् । यसबाहेक चिनियाँ सरकारकै दुई चिनियाँ सुपर कम्प्युटर पनि रहेका छन् । यस्तै जमर्नको आइटी कम्पनी एटोसले निर्माण गरेको सुपरकम्प्युटर जुवेल्स बूस्टर मोड्युल पनि गत नोभेम्बरमा मात्र शीर्ष ८ को सूचीमा पुगेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु