हेर्नुहोस् सामसङका यी बजेट स्मार्टफोनमा आउँदै छ एन्ड्रोइड ११ को अपडेट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सामसङले हालसम्म आफ्ना प्रिमियम स्मार्टफोनहरूको लागि एन्ड्रोइड ११ आधारित वनयूआई ३ (oneUi 3.0) को अपडेट जारी गरेको छ । यी स्मार्टफोनहरूको सूचीमा ग्यालेक्सी जेड फ्लिप फाइभजी फोल्डेबल फोन सहितका प्रिमियम फोन छन् । सामसङले सार्वजनिक गरेको एउटा तालिका अनुसार सामसङका अधिकांश वान युआई थ्री कम्पाटिबल डिभाइसहरुले सन् २०२१ को सुरुवातमै नयाँ अपडेट र फिचर प्राप्त गर्नेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अब कम्पनीले आफ्नो बजेट स्मार्टफोनमा वन यूआई ३ को अपडेट दिने तयारी गरिरहेको छ । सामसङले आफ्नो ग्यालेक्सी ए सिरिज र ग्यालक्सी एम सिरिजका बजेट स्मार्टफोनहरूको लागि वन यूआई ३।० बेटा प्रोग्राम खोलेको छ । कम्पनीले ग्यालक्सी एम ३१ र ग्यालक्सी ए ५१ का प्रयोगकर्तालाई यो प्रोग्राममा सामेल गर्ने प्रक्रिया सुरू गरेको हो । हाल भारतमा एम ३१ र दक्षिण कोरियामा ए ५१ प्रयोगकर्ताले वन यूआई ३ बेटा प्रोग्रामममा रजिस्ट्रेशन गर्न सक्ने कम्पनीले जनाएको छ ।
वन यूआई ३ को रजिस्ट्रेशन गत डिसेम्बर २३ देखि सुरु भइसकेको छ । यस प्रोग्राममा सामेल हुन प्रयोगकर्ताले उनीहरूको फोनमा सामसङ मेम्बरसिप एपमा जानुपर्छ । वन यूआई ३ बेटा प्रोग्रामका लागि साइनअप गर्न ब्यानरमा ट्याप गर्नुहोस् । एकपटक प्रयोगकर्ताले प्रोग्रामका लागि रजिस्ट्रेशन गरेपछि, उनीहरूले चाँडै नै उनीहरूको डिभाइसमा वन एमयूआई को बेटा संस्करण हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सामसङले ग्यालक्सी ए सिरिज र ग्यालक्सी एम सिरिज स्मार्टफोनहरूको पूर्ण सूची पनि तयार गरिसकेको छ, जुन आउँदा दिनमा प्रोग्राममा सामेल हुन योग्य हुनेछ । अपडेटका लागि योग्य ए सिरिज स्मार्टफोनहरूको सूचीमा ग्यालक्सी ए २१, ग्यालक्सी ए ३१, ग्यालक्सी ए ५१ र ग्यालक्सी ए ७१ सामेल छन्। त्यस्तै एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ०१, ग्यालक्सी एम ११, ग्यालक्सी एम २१, ग्यालक्सी एम ५१ र ग्यालक्सी एम ३१ प्राइम स्मार्टफोनहरूले अपडेट प्राप्त गर्नेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु