हेर्नुहोस् ह्वाट्सएपमा फैलिँदै गरेको खतरनाक भाइरसबाट कसरी जोगिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सुरक्षा अनुसन्धानकर्ताले ह्वावे मोबाइल एप नामको नयाँ मेलिसियस एडवेयर फेला पारेका छन् । उक्त माल्वेयरले ह्वाट्सएप म्यासेज मार्फत अन्य कन्ट्याक्टहरुमा एडवेयर क्याम्पेन फैलाउने गरेको पाइएको छ । ईएसईटीका सुरक्षा अनुसन्धानदाता लुकास स्टिफान्कोका अनुसार यदि कोही व्यक्ति यस किसिमको मालवेयरको शिकार बनेको छ भने उसको ह्वाट्सएपमा आउने कुनै पनि म्यासेजलाई अटोमेटिक रिप्लाइ स्वरुप उक्त मेलिसियस ह्वावे मोबाइल एप लिङ्क जाने गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वास्तवमा उक्त लिङ्क फेक ह्वावे मोबाइल एपको हो । त्यसलाई क्लिक गरेको खण्डमा प्रयोगकर्ताहरु गुगल प्लेस्टोर वेबसाइट जस्तै देखिने साइटमा पुग्छन् । जब त्यसलाई इन्स्टल गरिन्छ तब उक्त माल्वेयरले मोबाइलको नोटिफिकेसन एक्सेस पाउँछ । सोही एक्सेसलाई दुरुपयोग गरेर ह्याकरले अट्याक गर्ने गरेको छ । यस एडवेयरले विशेषगरी ह्वाट्सएपको क्विक रिप्लाई फिचरलाई एक्सप्लोइट गरेको छ । जसमा नोटिफिकेसनबाटै म्यासेजको रिप्लाई दिन सकिने फिचर छ । तर यस माल्वेयर उक्त नोटिफिकेसन म्यासेजमार्फत स्वतस् ह्वावेको एडवेयर लिङ्क पठाइदिने गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त मालवेयरले नोटिफिकेसनबाट म्यासेज पढ्न अनुमति माग्नुको अलावा ब्याकग्राउण्डमा चल्ने अनुमति पनि माग्दछ । यस्तै डिभाइसमा चलिरहेको अन्य एपमाथि चल्न पनि यसले अनुमति माग्दछ । जसको मद्दतबाट यसले व्यक्तिको एप वा अकाउन्टको क्रेडेन्शियल तथा संवेदनशील जानकारीहरु चोरी हुन सक्छ । उक्त मालवेयरको अहिलेको भर्सनको कोडले ह्वाट्सएपमा रहेका कन्ट्याक्टहरुलाई भने अटोमेटिक रिप्लाईहरु पठाउन सक्छ । तर सो माल्वेयरले एउटा कन्ट्याक्टमा एक घण्टामा एउटा मात्र म्यासेज पठाउन सक्छ । म्यासेजभित्र रहेका सामग्रीहरु भने मालवेयरले टाढाको सर्भरबाट तान्ने गरेको छ । जसले अन्य हानिकारक वेबसाइट तथा एपहरु पनि वितरण हुनसक्ने जोखिमको खतरा देखाउँछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु