हेर्नुहोस बजाज पल्सर १५० टीडी र अपाचे आरटीआर १६० फोर भी सिगंल डिस्क बीच रहेको तुलनात्मक भिन्नता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

नेपाली बजारमा प्रबेश गरेदेखि नै पल्सर सफल मोडलको रुपमा स्थापित हुँदै आएको मोडल हो । अहिले बजारमा यामाहा, टीभीएस, होन्डा, सुजुकी, हिरो लगायतका ब्राण्डले पल्सर १५० को बिक्रीलाई भेट्ने प्रयास गरेको भएपनि अन्य कम्पनीको तुलनामा पल्सर सिरिजको माग र लोकप्रियता निकै माथि रहँदै आएको छ । विभिन्न समयमा पल्सर सिरिजलाई टक्कर दिन अन्य कम्पनीले नयाँ नयाँ मोडल ल्याएको भएपनि यसको प्रतिस्पर्धामा अन्य कम्पनीले ल्याएका मोडल खरो उत्रन सकेका छैनन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पल्सर सिरिजमा १५० सीसी क्षमताको मोटरसाइकलको बेग्लै पहिचान बनेको छ । यसलाई कम्पनीले रेगुलर मोडल क्लासिक र टिडी (दुबै चक्कामा डिस्क ब्रेक) भएको भेरियन्टमा बिक्री गर्दै आएको छ । केही दिनअघि टीभीएसले आफ्नो चर्चित मोटरसाइकल आरटीआर १६० फोर भि सिंगल डिस्क भेरियन्टको बिक्री सुरु गरेको थियो । जगदम्बा मोटर्सले यसको मूल्य पल्सर १५० टिडीको तुलनामा २ हजार रुपैयाँ बढी राखेर बिक्री सुरु गरेको हो । डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको आरटीआरको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ राखेको छ । जुन करिब १७ हजार रुपैयाँ सस्तो हो । कम्पनीले राखेको मूल्यले पल्सर १५० टिडीसँग सिधा प्रतिस्पर्धा गर्ने लक्ष्य भएको प्रस्टै देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्ला दिनमा पल्सर १५० टिडीको बिक्री ठूलो संख्यामा भइरहेको छ । यसमै आफुलाई स्थापित गर्न टीभीएसले आरटीआर फोर भिको सिंगल डिस्क भेरियन्ट बजारमा उतारेको हो । यी दुई मोटरसाइकलमा डिजाइन, पावर लगायत विषयमा भिन्नता पाउन सकिन्छ । यस्तोमा बजाजको सर्वाधिक चर्चित मोटरसाइकललाई टीभीएसको सफल मोटरसाइकलले दिने टक्कर हेर्न लायक हुने अनुमान गर्न सकिन्छ । बजाज पल्सर १५० टीडी र अपाचे आरटीआर १६० फोर भी सिगंल डिस्क बीच रहेको तुलनात्मक भिन्नता यसप्रकार छन् ।

इन्जिन
बजाज पल्सर १५० टीडीमा १४९.५ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.८ बीएच पावर तथा ६००० आरपीएममा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । आरटीआर १६० सिगंल डिस्कमा १५९.७ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८२५० आरपीएममा १६.२ बीएच पावर तथा ६००० आरपीएममा १४।८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

माइलेज
बजाज पल्सर १५० मा १५ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ भने आरटीआर १६० मा १२ लिटरको इन्धन क्षमता रहेको छ । बजाज पल्सर १५० ले प्रतिलिटर ६५ किलोमिटर र टीभीएसले ५० किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । तर, यी दुबै मोटरसाइकलको अनरोड माइलेज भने दाबी भन्दा कम आउने छ ।

ब्रेकरह्वील
बजाज पल्सर १५० टिडीको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० मा सिगंल डिस्क रहेको छ । बजाज पल्सर १५० को फ्रन्टमा २६० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० को फ्रन्टमा २७० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ । दुबै मोटरसाइकलमा समान १७ इन्चको ट्यूवलेस टायर र अलोय ह्वील दिइएको छ ।

सस्पेन्सन
बजाज पल्सर १५० को अगाडि एन्टी फ्रिक्सन टेलिस्कोपिक सस्पेन्सन र पछाडि ५ स्टेप एड्जष्टएबल निट्रोक्स सक एब्जर्बर रहेको छ । आरटीआर १६० को अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन रहेको छ । अन्त्यमा, बजाज पल्सर माइलेज तथा संचालन खर्च कम हुने मोटरसाइकल हो । त्यस्तै आरटीआर १६० फोर भी स्टाइलिस डिजाइन र पावरफुल इन्जिनको कारण सफल बन्दै गएको मोटरसाइकल हो । मूल्य समान रहेको यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु