हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानको तेस्रो जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

राजस्थान रोयल्सले आईपीएल टी(ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे । यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए । केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए । जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैठौँ स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ६ अंक नै जोडेको हैदराबाद रनरेटका आधारमा राजस्थानभन्दा माथि अर्थात पाँचौँ स्थानमा छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु