हैदरावादलाई पराजित गर्दै दिल्ली आईपीएलको फाइनलमा प्रवेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६ को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ । फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । विलियमसनले ४५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै अब्दुल सामदले १६ बलमा २ चौका र २छक्का मद्दतमा ३३ रन जोडे । मनिस पाण्डेले २१ कप्तान डेविड वार्नरले १७ र रासिद खानले ११ रन जोडे । बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।

मार्कुस स्टोइनिङलाई धवनसँग ओपनिङ गराउँदै दिल्लीले नयाँ रणनितिको प्रयोग गरेको थियो जुन सफल पनि भयो । स्टोइनिस र वनले राम्रो सुरुवात पनि दिलाए । पहिलो विकेटका लागि यी दुई खेलाडीले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । धवनले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए । शिमरोन हेतमायरले अविजित ४२ रन जोडे । हेतमायरले २२बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । स्टोइनिसले २७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । कप्तान श्रेयास अयेरले २१ रन जोडे । हैदरावादका लागि सन्दीप शर्मा रासिद खान र ज्यासन होल्डरले एक(एक विकेट लिए । आईपीएल २०२० को फाइनल खेल आउने मंगलबार मुम्बई र दिल्लीबीच हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु