हैन, सरकार कसले चलाईरहेछ ?

देश जबसम्म तस्करमुक्त हुँदैन तबसम्म देश बन्न सक्दैन । Pic: mind

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

उत्तर जगजाहेर छ, सरकार तस्करहरुले चलाइरहेछन् । हो, सरकारले तिनै तस्करहरु चलाइरहेछ । यहाँ जनताको प्रतिनिधी संसदप्रति उत्तरदायी हुनुपर्ने हो । सिद्धान्तबाट चुनाव जितेर आएको जनताको सरकारमा खै कहाँ छ सिद्धान्त ? यहाँ आफूले गर्नेपर्ने हरेक कामहरुमा ठेक्का आव्हान गरेर कमिशनको दलाली भैरहेको छ । आफ्नो जिम्मेवारी यस्ता दलालका ठेकेदाहरुलाई थुपार्दै भूँडी फुलाएर खान जनताले सरकारमा पठाएका पक्कै होईनन् । यसरी ठेक्दारले नै सबैथोक गर्नपर्ने भएपछि किन फोक्कटिया नाना भाँति सिद्धान्तका पगरी गुथेर चुनाव गराइराख्नु ? सिधै ठेक्दारको चुनाव गर्दिम न भैहाल्यो नि ! बरु दुई चार पैसा कमिशन सिधै जनतालाई पनि आउँथ्यो कि !

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कैयन नेपालीहरु देशको समग्र अर्थतन्त्रलाई काँधमा बोकेर बाध्यताले बिदेशिई रहेका छन् । यिनै नेपालीहरुलाई सरकारले सधैं हेयको दृष्टीले हेरिरह्यो । केहि पहिले हाम्रा महामुर्ख प्रधानमन्त्रीले यि नेपालीलाई ठूला ठूला महल हेर्न गका भनेर अपमानीत गर्न समेत भ्याए । उनको बोलि भित्र तिनै नेपालीले ५० डिग्री रापमा होमिएर पठाईदिएको रेमिट्यान्सको अपमान थियो । देशका प्रधानमन्त्रीमा यति सुक्ष्म कुरा भित्रको गहनतालाई नबुझ्ने कति सतहि अभिव्यक्ति । यसबाट उनको सोंचको गहराई र दूरदर्शीता स्पष्ट हुन्छ । दुई तिहाइको सरकार भित्र जनताप्रति उत्तरदायि कोहि पनि माईकलाल देखिएनन् । अन्तत एमाले भन्ने पार्टी पनि सबै पदलोलुप र लाचारीहरुको झुण्ड रहेछ । धन्न, अन्तिममा वामदेवलाई राष्ट्रिय सभामा मनोनित गराउन सकेकोमा ठूलो उपलब्धि महसुस गर्दै होली वाईन चुस्की लाईराहोलान् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आफ्नो लाउँलाउँ खाउँखाउँको उमेर सबै विदेशमा बसेर देश अनि परिवारलाई समर्पण । विदेशमा एउटा कोठामा भेडाबाख्रा जसरी अनि चिया र पाउरोटी खाएर जोगाएको पैसा देशमा पठाउने यिनीहरु । यिनै हरेक आर्थिक पाटामा प्रत्यक्ष योगदान दिने सच्चा नेपाली अहिलेको संकटमा विदेशका सडक पेटीमा अलपत्र छन् । उनीहरु मातृभूमि फर्कन्छु भन्दा तिनैको श्रम र पसिना चुस्ने प्रवृत्तीको सरकार अवरोध श्रृजना गर्छ । तिनैले घर फर्कन कठोर संघर्ष गर्नुपर्छ । अनि कमिसन खोरहरुको परिबन्दमा परेर जसो तसो जोगाएको धन चुहाउँदै उनीहरुले हिड्नु पर्छ । देशलाई बैंशभरीको पसिना योगदान गरेको एउटा नेपाली गौरवले छाती चौडा पारेर देशमा फर्कन लागेका बेला अब झस्कनु पर्ने अबस्था छ । यसले राष्ट्रवादी नेपालीलाई आफ्नै देशमा फर्किंदा कतै गलत देशमा पो आइपुगेछु कि भनी हिनतावोध हुन्छ । उसले जिन्दगीका रंगीन पाटाहरु तिलाञ्जली दिएर कमाएको प्रतिफल यता सरकार र तस्करहरुको हालि मुहालिमा देख्दा सरकारप्रति कस्तो भाव आउला ?

साँच्चै यो अति अपमान हो नेपाल आमाको । नेपालीहरुको । बिदेशिएका नेपालीहरुले काँधमा बोकेको अर्थतन्त्रलाई टेको लगाउने कृषकहरुलाई पनि सरकार सौताका सन्तान झैं हेर्छ । यिनैलाई देशमा आर्थिक बृद्धि भएको देखाउन किसानहरुले धेरैभन्दा धेरै धान फलाइदिनुपर्छ । तिनका खेतमा उब्जनी गर्नको लागि आवश्यक मल समेत तस्करहरुको पासोमा अल्झिंदा समयमा आउन सक्दैन । कति मर्माहक कविता लेखे अर्जुन पराजुलीले ।
मल छैन भनौं
सरकारको दिमागमा
मल­बाहेक केही छैन ।

देश अघोषित संकटबाट गुज्रिरहेको छ । आम नागरिकले कोरोनाको डरमा परिक्षण गर्न जाँदा भिड लाइनमा २ र ४ घन्टा ठडिनुपर्छ । सरकारी मान्छेहरुले सरकारी पैसामा पटक पटक परिक्षण गरिरहन्छन् । लकडाउनले आकाशिएको बजारमा तरकारी किन्नुपर्ने पैसा कटाएर ऋण खोजेर कोरोना परीक्षण गर्नुपर्छ । अवस्था गम्भीर छ । सामाजिक सञ्जालमा कता हो देखेंथेः
कोरोना परीक्षण जनता आफैंले आफ्नै खर्चमा गर्नुपर्ने ।
कोरोना लागेमा घर घरमै बसेर उपचार गर्नुपर्ने

संयोगवश अझ भनुँ पहुँच पुगेर अस्पताल जान पाइयो भनेनी राम्रो उपचार नपाइने हो की भन्ने डर हुने । अनि सरकार चाहिं एकजना तालुखुइलेलाई आज यति संख्यामा कोरोना बृद्धि र मृत्यु भन्ने समाचार सुनाएर जनता तर्साउँदै बस्ने, यहि हो सरकारको काम ?
यहाँ जनप्रतिनिधी संसदसँग उत्तरदायी हुन नसकेको सरकार ठेक्दारहरुबाट घेरिएर बस्दा कसरी जनताको काम गर्न सक्षम हुन सक्छ ? यहाँ अर्को पाटो पनि छ । सरकार किन जिम्मेवार भएन त ? किन सरकार संसदमार्फत जनताप्रति उत्तरदायी भएन भन्ने प्रसङ्गमा एउटा कार्यक्रममा गगन थापाले भनेकोे कुरो जायज लाग्यो । उनैको शब्द सापटी लिंदा
“सरकारलाई प्रतिपक्षको डर हुनुपर्छ
जनताको प्रतिपक्षसंग भर हुनुपर्छ ।“

तर हाम्रो देशमा, यहाँ भने जस्तै न प्रतिपक्षीसँग सरकार डराउँछ नत प्रतिपक्षसंग जनताले भर गर्नसक्ने स्थिति छ । प्रतिपक्षी काँग्रेस लाचार छ । सरकार सामु ईतिहासकै लज्जित रुपमा लम्पसार छ । यस्तै लाचारी अवस्थामा काँग्रेसको महाधिवेशनले डर र भरको बाटो समातेन भने काँग्रेसको पतन अवश्यम्भावी छ । लोकतन्त्रको ठेकेदार हो भनी घमण्ड गर्ने काँग्रेसले विद्युत प्राधिकरणमा रहँदा भ्रष्टाचारको लोभमा देशलाई नै अँध्यारोमा राखेको पतित चरित्रलाई कुनै विभागको समितिमा मनोनित गर्यो रे ! फेरी काँग्रेस पनि तस्करहरुकै जालोमै अल्मलिने हो भने गर्नुपर्दैन महाधिवेशन नाटक मञ्चन । देश जबसम्म तस्कर मुक्त हुँदैन तबसम्म देश बन्न सक्दैन । पशुपतीनाथसँग प्रार्थना गरौं देश तस्करको जालोबाट मुक्त होस् ।

नेकपाको सचिवालयले एउटा तस्कर पात्रलाई पाखा लगाउने सम्मको उपलब्धि हासिल गरेको छ । उक्त रिक्त स्थानमा पुनः अर्को तस्करले भर्ति नपाओस् भन्ने आमनागरीकको अपेक्षा छ। युवराज खतिवडालाई एउटा अर्थमन्त्रीको रुपमा मेरो व्यक्तिगत हेराईमा चरित्र चित्रण गर्न अर्को समय लेखौंला । तर जे होस् सरकारको पानामा तस्करीको एउटा अध्याय क्रमशः भएर पनि त सिद्धियो !
अब अर्को अध्याय तस्करीको नभै उत्तरदायित्वको बारेमा लेखियोस् ।
दुई तिहाई तिम्रै हो । तिमी बाहेक अरुले बनाउँछु भने नि पाउँदैनन् । फेरि स्वर्गमा यमराजको सभामा चित्रगुप्तले गलत कामको विवरण पढेर मुद्दा सक्नै २ वर्ष लाउला । नराम्रो हिसाब किताब मृत्युलोकमै घटाउँदै जाउ । देश तिम्ले नबनाए बन्दैन केपी ओली । झापाबाट माथि उठ नेपाली भएर देश बुझ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु