होन्डाले ल्यायो सिआरएफ ३०० एल र सिआरएफ ३०० -याली दुई नयाँ मोटरसाइकल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

होन्डाले ३०० सीसी सेग्मेन्टमा नयाँ होन्डा सिआरएफ ३०० एल र सिआरएफ ३०० -याली यूरोपबाट सार्वजनिक गरेको छ । उत्कृष्ट डिजाइनको साथ आएको होन्डाको नयाँ मोटरसाइकलमा २८६ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन दिएको छ । होन्डा एड्भेञ्चर र डर्ट मोटरसाइकल उत्पादनमा अब्बल कम्पनी मानिन्छ । कम्पनीले उत्पादन गरेको सिआरएफ २५० एल र सिआरएफ २५० -याली नेपालमा पनि बिक्री वितरण हुँदै आएको मोटरसाइकल हो । यस्तोमा यो भन्दा केहि सीसी बढी रहेको सिआरएफ ३०० एल र र्याली दुबै नेपाल आउन सक्ने मोडलमा पर्छन् । होन्डाले सिआरएफ ३०० दिएको इन्जिनले २७।३ पीएस पावर र २६.६ एनएम टर्क प्रदान गर्ने छ । ६ स्पीडको गियरबक्स जडान भएको नयाँ मोटरसाइकलमा सिल्पर क्लचको प्रयोग भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सेमी डबल काड्र्ली स्टील फ्रेमको प्रयोग भएको नयाँ मोटरसाइकल सिआरएफ २५० को तुलनामा ४ केजी कम तौल रहेको छ । नयाँ बाइकमा अगाडि इन्भटेर्ड फर्क र पछाडि प्रोलिङ्क मोनोशक दिइएको छ । हलुका तौलको कारण लामो यात्रा गर्न चाहने राइडरलाई यसले खुसी बनाउने छ । दुबै मोडलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबैमा दिइएको टायर अफरोडको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने, डबल च्यानल एबीएस उपलब्ध रहेको छ । सिआरएफ ३०० एलमा ७.८ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने, -याली मोडलमा भने ठूलो १२.८ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलसीडी इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ । एल मोडलमा हेलोजिन हेडल्याम्प दिइएको छ भने, -यालीमा एलइडी सेटअप दिइएको छ । -याली मोडलमा विन्डस्कृन, इन्जिन कौल लगायतका थप फिचर पाउन सकिने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु