होम डेलिभरी सेवा दिने व्यवसायी होल्डिङ जोनमा

होम डेलिभरी गर्न हिँडेका व्यवसायी प्रहरी नियन्त्रणमा, होल्डिङ जोनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निषेधाज्ञाको समयमा अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा उनीहरुलाई राखिएको छ । यूजी केककी सञ्चालिका निकिता आचार्य, फूडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट लगायतका टेक अवे र होम डेलिभरी गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा रहेका छन् ।

विभिन्न कम्पनीको खाद्य वस्तु डेलिभरी गर्ने दर्जन हाराहारी डेलीभरीकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ । उनीहरुलाई केहीबेर राखेर घर पठाइने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आदेशमा टेक अवे र होम डेलिभरी सेवा पनि बन्द गर्ने उल्लेख भएकाले उक्त आदेश कार्यान्वयन गरेको प्रतिक्रिया दिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु