ह्वावेको सहायक ब्राण्ड ‘अनर’ बिक्री हुने भएको छ । कम्पनीले चीनकै एक ग्रुपलाई अनरको स्मार्टफोन डिभिजन बेच्ने तयारी गरेको समाचार रोयटर्सले लेखेको छ । समाचार अनुसार डिस्ट्रिब्युटर डिजिटल चाइना र सेनजेन सरकारले अनर स्मार्टफोनको स्वामित्व लिने तयारी गरेका छन् । यसका लागि १५।२ बिलियन डलर अर्थात १८ खर्ब रुपैयाँभन्दा बढीमा ‘अनर’ ब्राण्ड बिक्री हुने भएको छ । उक्त रकम अनरको रिसर्च एण्ड डेभलपमेन्ट तथा वितरण युनिट समेटिएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्रोतका अनुसार यो समझदारीमा स्मार्टफोन मात्रै समेटिएको छ । गएको अक्टोबरमा ‘अनर’ ब्राण्ड खरिदको लागि टीसीएल र साओमी तयार रहेको चर्चा गरिएको थियो । अन्ततस् डिस्ट्रिब्युटर डिजिटल चाइना र सेनजेन सरकारले उक्त ब्राण्ड किन्ने भएका छन् । यदि ह्वावेले अनर ब्राण्ड उक्त मूल्यमा बिक्री गर्न सफल भएको खण्डमा उसले अहिले विश्व बजारमा झेलिरहेको समस्यासँग जुध्न आवश्यक पुँजी संकलन गर्न सफल हुनेछ ।



JUNGLE






from the
city


