ह्वावे पनि पीसी र मनिटरको बजारमा प्रवेश गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

अमेरिकाको प्रतिबन्ध र साओमीको पीसी मोनिटर बजारमा प्रवेशपछि अर्को ठूलो ग्लोबल टेक कम्पनी ह्वावे पनि पीसीको बजारमा प्रवेश गरेका खबर आएको छ । जीएसएमरेनाले एक विश्वासिलो स्रोतलाई आधार मान्दै ह्वावे पनि पीसी बजारमा प्रवेश गर्ने तयारीमा रहेको बताएको छ । ह्ववावे ब्राण्डको पीसी मोनिटरमा दुई किसिमका फ्ल्याट र कर्भ्ड डिस्प्ले हुनेछन् ।
खबर अनुसार ह्वावेको कर्भ्ड डिस्प्लेलाई टीपीभी कम्पनीले तयार गर्नेछ भने फ्ल्याटलाई बीओईको सब्सीडरी कम्पनी बीओईभीटीले निर्माण गर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्भ्ड डिस्प्ले गेमिङ प्रयोजनका लागि प्रयोग हुनेछ । यसको साइज २७ देखि ३४ इन्चसम्मको हुनेछ । यस्तै यसको फ्ल्याट मोडलमा तीन भेरियन्ट उपलब्ध हुनेछन् । तर फ्ल्याट मोडलको विस्तृत विवरण भने आउन बाँकी नै छ । पीसी बजामा प्रवेश गर्नुका साथै कम्पनीले आफ्नो कस्टम हिसिलिकन सेभेन एनएम कुनपेङ ९२० ३२११ के प्रोसेसर प्रयोग गर्ने पनि खबर बाहिर आएको छ । ह्वावेले आफ्नो पीसीमा चाइना इलेक्ट्रोनिक्स ग्रुप र वूहान सेन्जिडुओ टेक्नोलोजीले विकास गरेको चिनियाँ अपरेटिङ सिस्टम युओएस प्रयोग गर्नेछ । यो पीसीलाई फक्सकनले निर्माण गर्नेछ । यसको पहिलो ब्याचको प्रोडक्टहरु ह्वावेकै कर्पोरेट क्लाइन्टहरुले प्रयोग गर्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु