प्रहरीले ट्रमाजोलसहित एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ।
लागुऔषधका रुपमा प्रयोग हुने १११ वटा ट्रमाजोल ट्याब्लेट सहित पश्चिम दाङको बबई गाउँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल हलका सञ्चालक कुशलराम केसीलाई पक्राउ गरेको हो ।
एक सेवाग्राहीसँग कारोबार गरिरहेको अवस्थामा मेडिकल सञ्चालक तुलसीपुर निवासी ५४ वर्षीय केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहनबिक्रम केसीको नेतृत्वको टोलीले केसीलाई नियन्त्रणमा लिएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर–६ निवासी केसीले बितेको १० बर्षदेखि हापुरे बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । बिशेष सुराकीका आधारमा प्रहरीले मेडिकलमा छापा मारी ट्रमाजोल ट्याब्लेट बराबद गरेको हो । पछिल्लो समयमा बबइको हापुरे क्षेत्रमा लागुऔषधको कारोबार बढेको प्रहरी बताउँछ । मेडिकल औषधी तथा गाँजा, अफिम, सुगरको समेत कारोबार हुने गरेको पाइएको छ ।
१११ वटा ट्रमाजोल ट्याब्लेट सहित एक जना पक्राउ
- सिम्रिक खबर
- • ६ महिना अगाडि