१४ वर्षअघि भएको हत्याको अभियोगमा एक जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

असार २९, काठमाडौं । १४ वर्षअघि भएको सितापाइलामा एक दम्पत्तिको विभत्स हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सर्लाही घर भएका जेके भनिने जयकिशोर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्राउ गरेको हो । कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट–८ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा हत्या गरिएको थियो । सुवेदीकी छोरा विलव सुवेदी पनि घाइते भएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सामान्य विवादमा कामदार जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्या गरेर छोरालाई समेत घाइते बनाएको त्यसवेलै खुलेको थियो । यद्यपि, घटनालगत्तै उनीहरु फरार भएर भारतको लखनऊ पुगेपछि पक्राउ पर्न सकेनन् । त्यहाँ दुई वर्षसँगै बसेपछि प्रताप अन्यत्रै गएका थिए ।

‘शाहले भने जय शर्माको नामबाट भारतीय आधारकार्ड लिएर पहिचान बदली बस्दै आएका थिए’, ब्युरो प्रमुख डीआईजी सहकुलबहादुर थापाले भने, ‘हामीले प्राविधिक पक्षको विश्लेषण, हुलिया सनाखत लगायतका उपाय प्रयोग गरेर उनलाई पक्राउ गरेका हौं ।’

शाहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं बुझाउने तयारी भइरहेको जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु