१८ हजार ७ सय नगदसहित १० जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मकवानपुरमा खाजा पसलमा तास खेलिरहेका १० जनालाई प्रहरीले १८ हजार ७ सय ६६ नगद सहित पक्राउ गरेको छ।
मकवानपुरको थाहानगर–३, डाँडागाउँस्थित सुमन बिष्टले सञ्चालन गर्दै आएको खाजा पसलमा पैसाको हारजित हुने गरी तास खेलिरहेका १० जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले जुवा खेलिरहेको अबस्थामा नगद १८ हजार ७ सय ६६ रुपियाँ, भारतीय रुपियाँ ५ सय ८० र तास ३ बुकसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा थाहानगर–३ बस्ने वर्ष ४१ का महेश खत्री, वर्ष ३२ का राजन रायमाझी, वर्ष ३६ का हिरेन्द्रकुमार रायमाझी र वर्ष ३१ का सुमन बिष्ट छन् ।
वडा–४ बस्ने वर्ष ४२ का कृष्णराम कार्की, वर्ष ३८ का रामकुमार खत्री, वर्ष २२ का अनिल कार्की र वर्ष ३२ का अमरकुमार तामाङ पक्राउ पर्दा वडा–१ बस्ने वर्ष ३४ का रामभक्त श्रेष्ठ र वर्ष २४ का श्यामकृष्ण प्रधान पनि पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु