एसएस राजमौली दक्षिण भारत फिल्म इण्डस्ट्रीमा चर्चित नाम हो । बाहुबलीको ऐतिहासिक सफलता पाएपछि उनी बलिउड इण्डस्ट्रीमै चर्चित बने । उनको बाहुबली २ को हिन्दी भर्जनले ५१०।९९ करोड रुपैयाँ कलेक्शन गरेका थिए । अहिलेसम्म उनको फिल्म जति कुनै हिन्दी फिल्मले कमाएका छैनन् । यसैबीच राजामौलीले यसबेला आरआरआर नामक फिल्म बनाइरहेका छन् । यसमा एनटी रामराव जूनियर, रामचरण र आलिया भाट लीड रोलमा छन् । अजय देवगण पनि यसमा सानो रोलमा देखिनेछन् । फिल्मको कहानी स्वतन्त्रता सेनानिहरुले अंग्रेजहरुसँगको युद्ध लडेको रहेको छ । यो फिल्म तेलेगुमा बनाइएको छ । फिल्मको बजेट ३५० बाट ४०० करोडको बीचमा रहेको छ । भारतीय सञ्चामाध्यमका अनुसार स्टार नेटवर्कले फिल्मको टिभी र डिजिटल राइट्स किनेको छ । यसको लागि उसले २०० करोड खर्च गरेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185