२०२० को अन्त्यसम्म अन्य विदेशी कामदारहरूको लागि भिसा निलम्बन : डोनाल्ड ट्रम्प

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही ग्रीन कार्डहरूमा रोकिदिएका छन् र २०२० को अन्त्यसम्म अन्य विदेशी कामदारहरूको लागि भिसा निलम्बन गरेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार यसले दक्ष जनशक्तिका लागि एच वान बी भिसा, कम्पनीभित्र कम्पनीलाई ट्रान्सफर गर्ने एल–वान भिसा, शिक्षा क्षेत्र र अनुसन्धान क्षेत्रका लागि प्रदान गरिने जे भिसा र मौसमी कमदारका लागि एच–२ बी भिसालाई प्रभावित पार्नेछ । २०२० को अन्त सम्म, लगभग ५२५,००० मानिसहरूलाई असर हुनेछ । यद्यपि, यो प्रतिबन्धमा खाद्य प्रशोधन क्षेत्रमा काम गर्ने व्यक्तिले भने छुट पाउन सक्छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले मिडियालाई गोपनियताको शर्तमा दिएको जानकारी अनुसार यो निर्णयले अमेरिकी जनताले कोरोना महामारीपछि छिटो काम पाउन मद्दत गर्नेछ । अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फिर्ता गराउन चाहन्छन् ।’ अमेरिकी राष्ट्रपति कार्यालयको अनुमान अनुसार भिसामा प्रतिबन्धका कारण पाँच लाख पच्चिस हजार जागिर अमेरिकी नागरिकका लागि उपलब्ध हुनेछ । यो कोरोना भाइरसको समयमा अमेरिकी बेरोजगारका लागि राहत हुनसक्छ ।

कोरोना भाइरसको संकटको समयमा डोनल्ड ट्रम्पले विदेशी नागरिकको स्थायी निवासको सुविधामा तत्कालीक रुपमा प्रतिबन्ध लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ । कोरोनाभाइरसको संकटबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपतिले हर सम्भव प्रयास गरिरहेका छन् । यद्यपि, विदेशी कर्मचारीमाथि धेरै निर्भर रहन कम्पनीले यो निर्णयको विरोध गर्ने अनुमान गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु