२१ दिनसम्म चलेको युद्धपछि अर्मानिया र अजरबैजान एक पटक पुनः युद्धविरामका लागि तयार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

२१ दिनसम्म चलेको युद्धपछि अर्मानिया र अजरबैजान एक पटक पुनः विवादित नार्गोनो–काराबाख क्षेत्रमा युद्धविरामका लागि तयार भएका छन् । दुबै देशले यो युद्धविराम स्थानीय समयानुसार मध्य रातदेखि सुरु हुने बताएका छन् । यसअघि अर्मानिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए जुन भोलिपल्टै तोडिएको थियो । यद्यपि, युद्धविरामको नयाँ घोषणापश्चात् पनि दुबै देशका सेनाबीच झडप जारी छ । यसअघि शनिबारसम्म दुई देशले एक अर्कामाथि सम्झौताको उल्लंघन र हिंसाको आरोप लगाइरहेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

युद्धविरामको नयाँ सम्झौतामा के छ ?
अर्मानिया र अजरबैजानले युद्धविरामको पुष्टि गरेका छन् । यद्यपि, यसबारे विस्तृत जानकारी भने दिइएको छैन ।अजरबैजानको विदेश मन्त्रालयले नयाँ युद्धविराम अक्टोबरमा दिइएको अमेरिकी, फ्रान्सेली र रुसी राष्ट्रपतिको बयान, पाँच अक्टोबरमा जारी गरिएको मिन्स्क ग्रुपको बयान र १० अक्टोबरमा भएको मस्को सम्झौतामा आधारित छ । अर्मानियाली विदेश मन्त्रालयको प्रवक्ताले पनि आफ्नो ट्वीटमा यही कुरा दोहोराए । उनले अर्मानिया युद्धग्रस्त क्षेत्रमा युद्धविराम र तनाव कम गर्ने दिशामा लिइएको निर्णयको स्वागत गरेको बताएका छन् । रुसी विदेशमन्त्री सर्गेई लावरोवले शनिबार अर्मानिया र अजरबैजानका विदेशमन्त्रीसँग कुरा गर्दै उनीहरुले सम्झौताको कडा पालना गर्नुपर्ने बताएका छन् । लावरोवले नै गत हप्ता युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

स्थिती कस्तो छ ?
अजरबैजानले शनिबार बिहान अर्मानियामाथि मिसाइल दागेको आरोप लगायो । यो मिसाइल युद्धग्रस्त क्षेत्रभन्दा निकै टाढा रहेको गैंजामा दागिएको थियो । यो मिसाइल हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते छन् । अजरबैजानको विदेश मन्त्रालयले आफ्नो एक बयानमा अर्मानियामाथि जानीजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ । अर्मानियाका अधिकारीले यो हमलाको अस्विकार गर्दै अजरबैजानमाथि नै आवसीय इलाकामा हमला गरेको आरोप लगाएका छन् । अर्मानियाली रक्षा मन्त्रालयकी प्रवक्ता शुशान स्तेपनियानले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै लेखिन्, ‘यो भिडियोले नार्गोनो–काराबाख इलाकामा विनाश देखाउँछ ।’ उनले अजरबैजानका सैनिकमाथि सर्वसाधारणलाई मिसाइलमार्फत् निशाना बनाएको आरोप लगाइन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु