काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ पुगेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
शुक्रबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ३ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।
Advertisements



JUNGLE






from the
city


