२६ वर्षका टिभी अभिनेता अक्षत उत्कर्षको मृत्यु, आत्महत्या नभई हत्या भएको परिवारको दाबी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ । मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् । २६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो रोजे । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ । प्रहरी अधिकारीका अनुसार अक्षत आफ्नी एक महिना साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दथे । अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । घटना आइतबार राती १० देखि साढे ११ बीचको हो । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । यद्यपि, परिवारले यसमा प्रहरीको लापरवाहीको आरोप लगाउँदै हत्याको आशंका जाहिर गरे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु