२ अर्व बढी घाटामा पुगेपछि बन्द भयो चिनि उद्योग, ३ सय बढी कर्मचारीले तवल समेत पाएनन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

अखिलेश यादव, रौतहट १२ साउन
रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकामा दुई दशक अघि देखि संचालनमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड आईतवार देखि स्थायी रुपमा बन्द गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

श्रीराम सुगर मिल्सको लेटरप्याडमा स्थायी रुपमा बन्द गरिने तिन पृष्ठको सुचना सुचनापाटीमा टाँस गरि बन्द भएको जानकारी गराइएकोे हो । जिल्लाको सवैभन्दा पुरानो चिनि मिल बन्द हुँदा किसानको बक्यौता रकम र त्यसमा कार्यरत ३२५ जना कर्मचारी वेरोजगार भएका हुन् । मिल्स स्थापना भएको एक दशक सम्म मुनाफामा रहेको कम्पनी विभिन्न कारणबस विगत लामो समय देखि घाटामा रहेको थियोे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

घाँटामा हुँदा पनि उद्योगलाई जेनतेन टिकाई राख्न कम्पनीका संचालकहरुले आफनो तर्फबाट करोडौं रुपैया लगानी समेत गरे । तरपनि विविध कारणले गर्दा कम्पनीको बार्षिक घाटा दर झन् बढ्दै गयो । एक आर्थिक बर्षमा करोडौं घाटा हुन थालेको कारण सञ्चालक पक्षबाट चाहँदा नचाहदै पनि उद्योगलाई बन्द गर्नुपरेको सञ्चालकहरुले बताए ।

आर्थिक बर्ष २०७५/०७६ सम्म आइपुग्दा दुई अर्ब १७ करोड पचहत्तर लाख अन्ठाउन्न हजार बढी घाटा भएपछि बन्द गरिएको हो । कम्पनीको आर्थिक अवस्था अत्यन्तै जर्जर भएको, पुंजीको अभाव रहेको कारण व्यवस्थापन पक्षबाट विगत ४ महिना देखि उद्योगमा कार्यरत श्रमिक कर्मचारीहरुले पारिश्रमिक पनि पाएका छैनन ।

सञ्चालक समितिको गत चार दिन देखि चलेको बैठकबाट साउन १० गते बन्द गर्ने सहमतीमा पुगेपछि सोमबार ११ गते मिल्स परिसरमा सुचना टाँस गरिएको हुँदा यसलाई सहज रुपमा लिन व्यवस्थापन पक्षले सरोकारवाला सवै संग आग्रह गरे ।

साथै उक्त सुचनामा उखु किसानको वक्यौता रकम, श्रमिक कर्मचारीको पारिश्रमिक सन्दर्भमा कम्पनीको चल अचल सम्पत्ती विक्री गरेपछि रकम प्राप्त हुना साथ प्राथमिकताको आधारमा भुक्तानी गरिने छ । सो कार्यको लागि व्यवस्थापन पक्षबाट नेपाल सरकार संग छलफल एवं विक्री वितरण गर्ने सम्बन्धी काम कारवाही अघि बढाएको मिल्स व्यवस्थापन पक्षको तर्फबाट हस्ताक्षर गरिएको सुचनामा उल्लेख रहेको छ ।

यता उँखु उत्पादक संघ रौतहटले चिनी मिल बन्द गर्ने निर्णयले हजारौं किसान तथा सयौं श्रमिकको जीवन प्रभावित हुने भएकोले बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । किसानको बक्यौता रकम भुतानी गर्ने प्रक्रिया अगाडि नबढाए कडा संघर्ष गर्ने चेतावनी दिईएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु