मारुती सुजुकीले हाइब्रिड स्वीफ्ट ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसलाई जापानी बजारबाट विक्री सुरु गर्ने अनुमान गरिएको छ । स्वीफ्ट हाइब्रिडलाई कम्पनीले २०२० अटो एक्स्पोमा शोकेस गरेको थियो । स्ट्रोङ हाइब्रिड ४८ भोल्ट इलेक्ट्रीक मोटरको साथ आउने स्वीफ्ट हाइब्रिडले ३२ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । यसमा रहने १.२ लिटर के१२सी इन्जिनले ९१ पीएस पावर प्रदान गर्छ भने हाइब्रिड मोटर सहितको इन्जिनले १०५ पीएस पावर प्रदान गर्ने छ । यसमा १०० भोल्टको लिथियम आयोन व्याट्री प्रयोग हुने कम्पनीले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नयाँ हाइब्रिड स्वीफ्टको डिजाइनमा भने खासै ठूलो परिमार्जन गरिने छैन । अहिले विक्री हुँदै आएको स्वीफ्टको हनिकर्ब ग्रिलमा परिमार्जन गरिएको छ । साथै, अहिलेको अलोय ह्वीलमा समेत परिमार्जन पाउन सकिन्छ । यसमा रहेको इन्टुमेन्ट क्लष्टरमा हाइब्रिड सिस्तमको प्रयोग हेर्न सकिने छ । मारुती सुजुकी स्वीफ्ट सन् २००५ देखि नै नेपालमा विक्री हुँदै आएको मोडल हो । ह्याचव्याक सेग्मेन्टमा सदावहार राम्रो बजार पाइरहेको हाइब्रिड मोडल सन् २०२१ भित्र नै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान लगाउन सकिन्छ ।



JUNGLE






from the
city


