काठमाडौँ । गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थिति क मगर्ने सहमति गरेका छन् । दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको थियो। बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा बेलाबेलामा द्वन्द्व हुने गरेको छ। दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र कुनै कुनै भिडन्तका घटनाहरू घातक समेत भएका थिए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले ’अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको’ बताएका छन्। “त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले सम्वाद कायम राख्न, छिट्टै द्वन्द्वबाट पछाडि हट्न, आवश्यक दूरी कायम राख्न र तनाव कम गर्न सहमत भएका छन्,“ भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ। वक्तव्यमा शान्ति र अमनचयन कायम राख्ने र बढाउने नयाँ व्यवस्थाहरू पनि अगाडि बढाउने बताइएकाे छ। यद्यपि यो व्यवस्था कस्तो खालको हुनेछ भन्ने स्पष्ट पारिएको छैन। गत जुन २० मा २० जना भारतीय सैनिक चिनियाँ सैनिकसँगको हिंसक भिडन्तमा मारिएका थिए।



JUNGLE






from the
city



संसारको सबैभन्दा ठूलो सैन्य शक्ति भएका दुई देशका सैनिकहरु धेरै स्थानमा एक अर्काको सामुन्ने पर्ने गर्दछन्। भारतले चीनलाई लद्दाखको गलवान उपत्यकामा हजारौँ सैनिक परिचालन गरेको र आफ्नो ३८,००० वर्ग किलोमिटर भूमि ओगटेको बताउने गरेको छ। भारत र चीनले विगत तीन दशकमा थुप्रै पटक सीमाको तनाव कम गर्न छलफल गरेको भए पनि त्यसले उल्लेख्य नतिजा दिन सकेको छैन। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो जसमा भारतले लज्जाजनक पराजय भोगेको बीबीसीले लेखेको छ ।