काठमाडौं । बाँकेमा करिब ३० लाख नगद सहित १० जनालाई जुवाडे पक्राउ परेका छन् । बुधवार राती बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर १० जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। नेपालगंज उप महानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको वलीको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २९ लाख ४८ हजार रुपैयाँ समेत बरामद गरेको छ। उनीहरू विरुद्ध जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।