हाम्रा बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्‍योः युक्रेन

सेयर गर्नुहोस्

युक्रेनले आफ्ना बैंक र रक्षा मन्त्रालयका क्षेत्रहरु साइबर हमलाबाट प्रभावित भएको बताएका छन् । युक्रेनसँगको सीमामा सैन्य अभ्यास गरेर आफ्ना केही सेना फर्किएको रुसले बताइरहेका बेला युक्रेनले आफ्ना संवेदनशिल क्षेत्रमा साइबर हमला भएको दाबी गरेको हो ।

‘यसलाई अस्वीकार गर्न मिल्दैन कि आक्रमणकारीले फोहोर साना चालहरूको रणनीति प्रयोग गर्‍यो किनकी यसका आक्रामक योजनाहरू ठूलो मात्रामा काम गरिरहेका छैनन्,’ युक्रेनको साइबर वाचडचले रसियाको संलग्नतातर्फ लक्षित गर्दै भनेको छ ।

युक्रेनको निजी बैंक प्रयोगकर्ताहरूले भुक्तानीमा समस्याको सामना गरिरहेको बताएका छन् भने ओशादबैंकले आफ्नो प्रणाली सुस्त भएको रिपोर्ट गरेको छ । युक्रेनमा साइबर हमला भए रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले चेतवानी दिएका छन् ।

हाम्रा कम्पनीहरू वा महत्वपूर्ण पूर्वाधारविरुद्ध रुसले अमेरिका वा हाम्रा सहयोगीहरूलाई  साइबर आक्रमणहरू जस्ता  माध्यमबाट आक्रमण गर्छ भने हामी जबाफ दिन तयार छौ,’ एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले भने ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Leave a Reply

Your email address will not be published.