धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

सेयर गर्नुहोस्

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Leave a Reply

Your email address will not be published.