धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सेयर गर्नुहोस्

धादिङ्गको सिद्धलेक गाउँपालीका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–१ का अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देल रहेका छन् ।

नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Leave a Reply

Your email address will not be published.