दशैँ विदापछि शेयर बजारमा खुशीयाली

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । दशैँ अघि निराशाजनक रहेको शेयर बजार दशैँको विदा सकिएपछि भने हरियाली छाएको छ । वाणिज्य बैंकको शेयर खरिद गर्न लगानीकर्ता उत्साहित हुँदा दसैँ बिदापछि पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको देखिएको छ । बुधबार खुलेको नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसुचक ४१.२० अंकले बढेको छ । आज नेप्से परिसुचक २.५७ प्रतिशतले बढेर १६४७.४५ विन्दुमा पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, नेप्से सेन्सीटीभ पनि २.८९ प्रतिशतले बढेर ३२७.७६ विन्दुमा पुगेको छ । आज नेप्से सेन्सीटीभ ९.२१ अंकले बढेको छ ।कारोबार तर्फ आज २ अर्ब ७२ करोड ५९ लाख ९४ हजारको शेयर कारोबार भएको छ ।  आज १८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता शेयरको ४२ हजार ६१८ पटक कारोबार भएको छ । बुधबारको बजार पुँजीकरण भने २२ खर्ब १ अर्ब ६ करोड पुगेको छ । यस्तै, फलोटेड मार्केट क्यापिटलाइजेशन भने ७ खर्ब ८१ अर्ब कायम भएको छ । बुधबार प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको थियो । प्राइम, नेपाल फाइनान्स, सिटिजन्स बैंक, प्रभु बैंक र सनराइज बैंकका लगानीकर्ताले बजारबाट बुधबार उच्च नाफा आर्जन गरे भने पञ्चकन्या माई, रिडी, माउन्टेन, नेशनल र दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्तालाई भने घाटा भयो ।बुधबार ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ भने लगानीकर्ताको दोस्रो धेरै अकर्षण प्राइम कमर्सियल बैंकको सेयरमा देखिएको थियो । बुधबार उक्त बैंकको १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु