वितेको २४ घण्टामा १२ जनाको निधन, मृत्युहुनेको संख्या २ सय नजिक

प्रतिकात्मक तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 129
  •  
  •  
  •  
  •  
    129
    Shares

काठमाण्डौ । नेपालमा एकैदिन १२ जनाको कोरोना भाइरसको कारण निधन भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ जना महिला तथा ८ जना पुरुषकोे निधन भएको हो । मृत्यु हुनेहरुमा मोरङ्का ५६ र ६५ बर्षीय महिला, भक्तपुर की ६४ बर्षीय, मकवानपुरकी ७१ बर्षीय महिला रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै पुरुषहरुमा उदयपुरका ५२ बर्षीय, पर्साका ७२ बर्षीय, धनुषाका ४५ बर्षीय, सिराहाका ५५ बर्षीय, झापाका ८३ बर्षीय, चितवनका ५१ बर्षीय, कास्कीका ५२ बर्षीय र रुपन्देहीका ६० बर्षीय पुरुष रहेका छन् । यो सँगै देशभर कोरोनाको कारण मृृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
त्यस्तै नेपालमा वितेको २४ घण्टामा ९२७ जना नया कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जना संक्रमित थपिएका हुन् । यो सँगै ३६ हजार ४ सय ५६ जना संक्रमित भएका छन् ।
यसैगरी वितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने नेपालमा निको हुने प्रतिशत ५६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ६ लाख ५८ १ सय १० पिसिआर परिक्षण गरिएको छ । भने गत २४ घण्टामा १० हजार २२९ जनाको परिक्षण गरिएको छ ।
यता काठमाण्डौ उपत्यकामा गत २४ घण्टामा ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३५० जना काठमाण्डौमा, भक्तपुरमा ५४ जना तथा ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु