द ट्रान्सपोर्टरको हिन्दी रिमेकमा ऋतिक र टाइगर

सेयर गर्नुहोस्

मुम्बई, ११ पुस । बलिउडमा हालका दिनमा रिमेकको चलन बढ्दो छ । साउथका फिल्मलाई हिन्दीमा रिमेक गरिरहेका निर्माताहरू अब हलिउडतिर नजर लगाउन थालेका छन् । यो क्रमको सुरुवात फ्रेञ्च एक्सन थ्रिलर फिल्म ‘द ट्रान्सपोर्टर’बाट हुने भएको छ ।

सन् २००२ मा रिलिज यो फिल्मको हिन्दी रिमेक विशाल राणाले गर्दै छन् । विशालले फिल्मको रिमेक गर्ने र आफ्नो प्रोडक्सन हाउस इकोलोन प्रोडक्सनको व्यानरमा बनाउनका लागि उनले आधिकारिक अधिकार किनिसकेका छन् ।

विशालका अनुसार फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रणवीर सिंहमध्ये कोही एक कलाकार लिने तयारी भइरहेको छ । तर उनको ध्यान भने ऋतिक र टाइगरमै केन्द्रित छ ।

Leave a Reply

Your email address will not be published.