‘आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

बाग्लुङ्ग । गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउन तालिम प्रदान गरेको छ । कोरोनाकहरका बीच सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै ती तालिम सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ ।  आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा विक्री समेत गरी आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको हो । चार दिने तालिममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाको सहभागिता रहेको थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालिम सम्पन्न गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

“सङ्कटमा केही दिनभोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,” नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भनिन्, “सङ्कटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ ।” उनका अनुसार तालिममा पररम्परागत रुपले सिलाइ पेशामा आवद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो ।तालिमको लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनौट गरिएको उनको भनाइ थियो । पुस्ताबाटै सिलाइ कटाइ सिकेका महिला तालिममा सहभागि हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उनले बताइन् । “झोला र प्याडगुणस्तरीय पनिहोस् र उपभोग पनिहोस् भन्ने सोचले कामगरिएको हो,” उनले भनिन्, “हामी महिला दिदीबहिनीका उत्पादनहरुको बजारीकरणमा पनि सघाउने पक्षमाछौं ।”तालिमका सहभागिले निकै खुशी व्यक्त गरे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु