काठमाडौं । कोरोना महामारीको कारण देशको अर्थतन्त्र धराशाही अवस्थामा पुगेको छ । ब्यापार ब्यबसाय, उद्योगधन्दा तथा कलकारखाला ठप्प हुँदा उद्यमीहरु निकै मर्कामा परेका छन् । यसै जटिल परिस्थितीमा एनआइसी एशिया बैंकले भने ऋण लिएका ग्राहकहरुलाइ ३५ दिनभित्र ऋण चुक्त गर्न उर्दी जारी गरेको छ । बैंकले दैनिक जसो सूचना प्रकाशन गर्दै आफ्ना ऋणीहरु प्रति कठोर बनेको हो । ३५ दिनमा पैसा बैंकमा जम्मा नभएको खण्डमा उसले धितो लिलामी गरिदिने चेतावनी दिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उक्त समयमा ऋण चुक्ता नभएमा बैंकले धितोमा रहेको चलअचल सम्पति लिलामी तथा बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफूले लिनुपर्ने रकम असुलउपर गर्ने सूचनामा उल्लेख छ । साथै, ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालो सुचीमा नाम राख्ने जनाएको छ । शुक्रबारमात्र बैंकले एकैपटक ११ ऋणीको कर्जा चुक्ता भुक्तानी गर्न ३५ दिने सूचना सार्वजनिक गरेको छ ।