काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले म्याद नाघेका बटर (मख्खन) बाट घिउ बनाइरहेको भेटिएको छ । (डीडीसी)काे गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनको क्रममा टोलीले करिब २ लाख किलोग्राम बटर म्याद नाघको बिक्री वितरणका लागि राखेको पाइएको हो । महानगरपालिकाको अनुगमन टोलीले दिएको जानकारी अनुसार मंगलबार १ लाख ९४ हजार ९ सय ७५ केजी बटर म्याद नाघेको पाइएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
डीडीसीको बटर बजारमा प्रतिकिलो आठ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले एक लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख १० हजार रुपैयाँ हुन आउँछ । विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात छ । केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनिएको छ । तर उत्पादन मिति भने नोभेम्बर २०१९, डिसेम्बर २०१९ रहेका छ । केहीमा उत्पादन मिति नै छैन, मिति उल्लेख भएको प्याकेटको पनि म्याद सकिएको छ । स्रोतका अनुसार बटरको गुणस्तर पनि शंकास्पद छ । बटरका कार्टुनमा उत्पादन मिति, ब्याच नम्बर केही पनि उल्लेख नभएकाले उक्त वस्तु म्याद नाघको नै हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले दावी गरेका छन् । म्याद सकिएको बटरमा मार्करले उपभोग्य मिति लेखिएको पाइएको अुनगमन समितिले जानकारी दिएको छ ।