नेपालमा कोरोना मुक्त हुने दर बढ्यो, गत २४ घण्टामा करिब २ हजार जना डिस्चार्ज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 106
  •  
  •  
  •  
  •  
    106
    Shares

काठमाडौँ । नेपालमा केही दिन देखी कोरोना संक्रमित निको हुने दर बढ्दै गइरहेको छ । विहिबार १८ सय १८ जना निको भइ घर गएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३५ हजार ७ सय पुगेको छ । वुधबार ९१८ जना निको भएका थिए भने मंगलबार २ हजहार २८७ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १७६६ जना निको भएका थिए । यता काठमाडौमा भने संक्रमित दैनिक रुपमा बढीरहेका छन् । उपत्यकामा हालसम्मकै धेरै कोरोनाका बिरामीहरु भेटिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भक्तपुरमा ३४ जनामा कोरोना संक्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ ।
हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु