काठमाडौँ । काठमाडौँ उपत्यकामा हालसम्मकै धेरै कोरोनाका बिरामीहरु भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भक्तपुरमा ३४ जनामा कोरोना संक्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी निको हुने संख्या १८ सय १८ रहेको छ । हालसम्म ३५ हजार ७ सय जना संक्रमितहरु कोरोना मुक्त भइ घर गएका छन्् । विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ । हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।