महोत्तरीमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो। क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
Advertisements



JUNGLE






from the
city



त्यस्तै, अर्का एक जना महोत्तरीकै बलबा नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।