काठमाडौँ। हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ। एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको त्यहाँका वैज्ञानिकले बताएका छन् । वैज्ञानिकका अनुसार ती ३० वर्षका व्यक्तिमा कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै पहिलो घटना हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ती संक्रमित १४ दिन अस्पतालमा रहेर कोरोनामुक्त भएका थिए । दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।



JUNGLE






from the
city



यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताएका छन् । साथै उनले, ‘यसैकारण कोरोनाविरुद्ध खोप अति आवश्यक छ। यो भाइरसले समयअनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने आशंका छ।’
तर पहिलोपटक संक्रमण दोहोरिएको एउटा घटना पाइएपछि वैज्ञानिक आश्चर्यमा परेका छन् । वैज्ञानिकका अनुसार संक्रमणबाट मुक्त व्यक्तिको प्रतिरक्षा प्रणाली सबैभन्दा बलियो गरी विकास भएको पाइएको छ, जो कोरोनाबाट गम्भीर बिरामी परेका थिए। (बिबिसी)