झाँक्री भन्छिन्ः देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनु आफ्नो कर्तव्य भएको बताउनुभएको छ ।

आफूपक्षका २३ सांसदकै मतले सर्वाेच्चमा रिट दायर गरी प्रधानमन्त्री नियुक्त भएको भन्दै उहाँले संसद जोगाउनकै निम्ती विश्वासको मत दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘हामीले ७६ (५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।’ उहाँले भन्नुभएको छ, ‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।’

उहाँले एमालेले नै संस्थागत निर्णय गरी विश्वासको मत दिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं।’

यदि त्यो पनि भएन भने २३ जना निवेदककर्ताले भोट हाल्नु त आफूहरुको कर्तव्य नै रहेकोले विश्वासको मतको पक्षमा भोट हाल्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *